
मेरो पार्टीको घोषणापत्र
मेरो पार्टीले जित्यो भने खेतबारीमा मान्छे हैन, रोबोर्ट काम गर्न आउनेछन् शान्ति सुरक्षाको जिम्मा पनि रोबोकपले पाउनेछन् ।

मेरो पार्टीको घोषणा पत्र
कसैको भन्दा कम छैन
साच्चै नै हेर्नुस न नपताए
यसको अगाडि अरुको दम छैन ।
मेरो पार्टीले जित्यो भने
कामै नगरी सुतीसुती खाने बनाइ दिन्छु
त्यो भत्ता पनि पैसट्टी वर्ष किन ?
चालिसै वर्षमा खाने बनाइ दिन्छु ।
बसी बसी खाने भएपछि
कोही फेसबुक चलाउनु होला
कोही यूट्यूब चलाउनु होला
इन्टरनेट पनि फ्री बनाइ दिन्छु
कोही टिकटक बनाउनु होला ।
रक्सीखानेलाई मापासे हटाइ दिन्छु
चुरोट खानेलाई उद्याेग बढाइ दिन्छु
घर घरमा कार हैन, केबलकार नै हालिदिन्छु
यहाँको बिजुली लगेर युरोप अमेरिका बालिदिन्छु ।
यो भन्दा जनतालाई अरु के चाहिन्छ ?
भन्नुस् त महोदय यस्तो पार्टी कुन देशमा पाइन्छ ?
पियनको तलब पचास हजार पुराइ दिन्छु
स्कूल,कलेज, अस्पताल फ्री गराइ दिन्छु
जमिन बाझों राखेर के भो र
त्यस्ता जाबो धान मकै त अकाशमै फलाइदिन्छु
मरे सिधै स्वर्ग जान, रकेटको सिधा उडान भरिदिन्छु
एक पटक जिताएर त देखाउनुस्
बिकासको त यो देशमा चमत्कारै गरिदिन्छु ।
नेपालीलाई मात्र हैन छिमकीलाई पनि नागरिता दिलाई दिन्छु
हाम्रो पार्टीले जितोस् त, दिल्ली अमेरिका हिलाई दिन्छु
मेचीबाट सुरुङ खनेर महाकाली निकाली दिन्छु
यो देशलाई त, दुई बर्षमै, जुरुक्क उचाली दिन्छु ।
मेरो पार्टीले जित्यो भने
खेतबारीमा मान्छे हैन, रोबोर्ट काम गर्न आउनेछन्
शान्ति सुरक्षाको जिम्मा पनि रोबोकपले पाउनेछन्
यो देशमा मोदी, वाइडेनको के कुरा ?
स्बर्गका इन्द्र पनि, डिभी भरेर यहाँ धाउनेछन्
आज हामी खाडीतिर गाको जस्तो
संसारका मान्छे काम खोज्दै यही आउनेछन् ।
मेरो पार्टिलाई जिताउनु भयो भने
स्वर्गकै आनन्द लिएर बस्नु होला
नत्र भन्दयाछु है अरुलाई जिताउनु भयो भने
फेरि पाँच बर्ष फस्नु होला ।
काठमाडौं