
घोर्ले राजाको सपना
हामी यति घोर्ले भक्त भएछौं कि त्यही सपनामा डुबेर घोर्ले राजाहरूको जयजयकार मनाउदैछौं यिनै घोर्लेहरूलाई झन शक्तिशाली बनाउदैछौं ।

राजालाई फाले पछि यो देशमा
घोर्ले राजाहरू आए
अरुले धान मकै बेचेर खाए
घोर्ले राजाहरू यति बाठा कि सपना बेचेर खाए ।
यही सपना बेचेर
कति घोर्ले राजाले दरबार बनाए
कतिले प्राडो पजेरोको घरबार बनाए ।
हामी त्यही सपनामा डुबेर आजसम्म
घोर्ने राजाहरू जयजयकार गर्दैछौँ
तिनैको लागि शहिद भएर मर्दैछौ
घोर्ले राजाहरूले स्याललाई हात्ती भने हामीले ठान्यौं
नेपाललाई सिङ्गापुर बनाइदिन्छौं भने हामीले मान्यांै
अझै घोर्ले राजाहरूको सपनामा डुबेर
कोही पानी जहाज चड्दैछौँ
यो नाम त्यो नामको लागि आपसमा लड्दैछौं
हामी यति घोर्ले भक्त भएछौं कि
त्यही सपनामा डुबेर
घोर्ले राजाहरूको जयजयकार मनाउदैछौं
यिनै घोर्लेहरूलाई झन शक्तिशाली बनाउदैछौं ।
०००
घट्टेकुलो, काठमाडौंं