बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

ध्वस्त नै मेरो नाम

बोल्छु मुखमा राम राम छुराले पार्छु काम तमाम भन्छु अरुलाई तथानाम कमाउँछु आफू टन्न दाम तर पार्छु देशलाई जाम किनभने ध्वस्त नै मेरो नाम ध्वस्त नै मेरो काम ।

Nepal Telecom Spring Offer

धोस्त नै हो मेरो नाम
धोस्त नै हो मेरो काम
मलाई ध्वस्त नै मन पर्छ
धोस्तैमा यो मन अड्छ ।

म त
शान्तिलाई पड्काउँदै
क्रान्तिलाई लड्काउँछु
सहमतिलाई अडकाउँदै
सहकार्यलाई भड्काउँछु
गाउ“ शहर ध्वस्त पार्नु छ
सडक सदन अस्तब्यस्त पार्नुछ
किनभने
मलाई ध्वस्त नै खान मन छ
मलाई ध्वस्तमै जान मन छ ।

कलाकारखाना गरी बन्द
शिÔालाई पारी मन्द
व्यवसायमा हाली दुर्गन्ध
देशको अर्थतन्त्रलाई ध्वस्त पार्नुछ
धनीलाई गरीब,
गरीबलाई
झन गरीबको रेखामुनि झार्नु छ
किनभने
ध्वस्त हो मेरो विजय
ध्वस्त हो मेरो आशय
भोकोलाई भोकै राखेर
नाङ्गोलाई नाङगै पारेर
सात सालदेखि अहिलेसम्म
ध्वस्तमै भो मेरो जित
ध्वस्तमै भो मेरो हित ।

कहिले क्रान्तिको आगो बालेर
धनीलाई झिरमा उन्छु
कहिले शान्तिको धागो हालेर
गरिबलाई झुठो सपना दिन्छु
ध्वस्तैमा रमाउदै
ध्वस्तैमा कमाउदै
ध्वस्तैमा देखेको छु मेरो हित
त्यसैले
ध्वस्त नै हो मेरो गीत
ध्वस्त नै हो मेरो रित ।

बोल्छु मुखमा राम राम
छुराले पार्छु काम तमाम
भन्छु अरुलाई तथानाम
कमाउँछु आफू टन्न दाम
तर पार्छु देशलाई जाम
किनभने
ध्वस्त नै मेरो नाम
ध्वस्त नै मेरो काम ।

०००
घट्टेकुलो, काठमाडौं

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
कुखुरी काँ

कुखुरी काँ

प्रेम ओली ढकलपुरे
नेता देशको समस्या

नेता देशको समस्या

प्रेम ओली ढकलपुरे
तपाईं पनि अमेरिका जाने ?

तपाईं पनि अमेरिका जाने...

प्रेम ओली ढकलपुरे
बुद्धुहरूको देश

बुद्धुहरूको देश

प्रेम ओली ढकलपुरे
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
कुखुरी काँ

कुखुरी काँ

प्रेम ओली ढकलपुरे
नेता देशको समस्या

नेता देशको समस्या

प्रेम ओली ढकलपुरे
तपाईं पनि अमेरिका जाने ?

तपाईं पनि अमेरिका जाने...

प्रेम ओली ढकलपुरे
बुद्धुहरूको देश

बुद्धुहरूको देश

प्रेम ओली ढकलपुरे
घोर्ले राजाको सपना

घोर्ले राजाको सपना

प्रेम ओली ढकलपुरे