बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

तपाईं पनि अमेरिका जाने ?

तपाईं विदेश गएन भने हाम्रो उन्नति हुँदैन त्यसैले देशको विकास होला भन्ने आशमा नबस्नुस् यहाँको यो गन्जागोलमा तपाईं नफस्नोस् अमेरीका जान डेराडुन्डी कस्नुस्

Nepal Telecom Spring Offer

अमेरिका जाने ?
बार्गर पिजा खाने ?
आउनुस् हामी तपाईंलाई
सके विद्यार्थी भिसामा
त्यो नभए डिभीको किस्सामा
कि समुन्द्र तराएर
कि हवाइजहाज चढाएर पठाइ दिन्छाँै
त्यो पनि भएन
भुटानी शरणार्थीको टिकट कटाइ दिन्छौँ
आउनुस् तपाईंलाई जसरी नि पठाइ दिन्छौँ ।

यसकै लागि त हामी नेता भाको हो
यस्तै गरेर हामी धनी भाको हो
यस्तो देश के बस्नु हुन्छ ?
तपाईंको बाउ त फसे फसे
तपाईं यो देशमा किन फस्नु हुन्छ
आउनुस् उतै जानुस्
बिहे गरेको भए श्रीमतीलाई नि लानुस्
सिङ्गल भए बाआमा लिएर जानुस्
तपाईंलाई आज कुरा क्लेर भनिदिन्छु
हामी जतिपल्ट मन्त्री भए पनि कुनै विकास गर्ने हैन
जागिर, रोजगारीको कुनै निकास गर्ने हैन
साँच्चै गर्ने भए त हामी पाँच वर्षमा गर्दिन्छम्
चाइनाले गर्‍यो, भारतले गर्‍यो
हामी किन गर्न नसक्ने
तर हामी विकास गर्दै नगर्ने
बरु यस्तै यस्तै गरेर बोरा भर्ने
विकास गर्‍यो भने तपाईं विदेश जानु हुँदैन
तपाईं विदेश गएन भने हाम्रो उन्नति हुँदैन
त्यसैले
देशको विकास होला भन्ने आशमा नबस्नुस्
यहाँको यो गन्जागोलमा तपाईं नफस्नोस्
अमेरीका जान डेराडुन्डी कस्नुस्

यहाँको सिस्नो, ढिँडो कसले खान्छ ?
छोरो चट्ट परेर शरणार्थी बनेर जान्छ
उता गएर हुस्की बियर सुकुटी खान्छ
बरु भन्नुस् को को जान्छ ?

०००
घट्टेकुलो, काठमाडौं

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
कुखुरी काँ

कुखुरी काँ

प्रेम ओली ढकलपुरे
नेता देशको समस्या

नेता देशको समस्या

प्रेम ओली ढकलपुरे
बुद्धुहरूको देश

बुद्धुहरूको देश

प्रेम ओली ढकलपुरे
ध्वस्त नै मेरो नाम

ध्वस्त नै मेरो नाम

प्रेम ओली ढकलपुरे
गधाको कविता

गधाको कविता

प्रेम ओली ढकलपुरे
कुखुरी काँ

कुखुरी काँ

प्रेम ओली ढकलपुरे
नेता देशको समस्या

नेता देशको समस्या

प्रेम ओली ढकलपुरे
बुद्धुहरूको देश

बुद्धुहरूको देश

प्रेम ओली ढकलपुरे
ध्वस्त नै मेरो नाम

ध्वस्त नै मेरो नाम

प्रेम ओली ढकलपुरे
घोर्ले राजाको सपना

घोर्ले राजाको सपना

प्रेम ओली ढकलपुरे