
नेता देशको समस्या
यो नेता नभएको भए आहा ! हाम्रो देश कति राम्रो हुन्थ्यो जति यिनले बेचे नदीनाला त्यो हाम्रो हुन्थ्यो यो देशमा न घुसखोर हुन्थ्यो न भ्रष्टाचारी हुन्थ्यो, न कमिसनखोर हुन्थ्यो न बलात्कारी हुन्थ्यो ।

कोही काला छ त कोही सेता
यो देशको समस्या छन् त नेता
किनभने कोही नेता हैन यहाँ देशमा
सब चोर, डाँका लुटेरा नेताको भेषमा
हेर्नु कसरी फस्दैछन एक एक
मानव तस्कारीको केसमा !
कोही स्याल छ त कोही छ
राष्ट्रभक्तको नाममा ढोँगी छ
कोही कमिसनखोर छ कोही बलात्कारी
कोही घुसखोरी छ त कोही महा भ्रष्टाचारी
भारत भन्दा धनी देशलाई यिनले हरिकङ्गाल बनाए
आफू कङ्गाल थिए धनी भए,
जन्तालाई महाकङ्गाल बनाए !
हामी यति मुर्ख छौँ कि यिनलाई नेता मान्दै भोट दिन्छौँ
जसले जति भ्रष्टाचार गरे पनि
आँखा चिम्लदै छोडिदिन्छौँ
पुरानो पिँडी जे गर्यो गर्यो
अब नयाँ पिँडी सब जाग्नुपर्छ
भ्रष्टाचारीसित एक एक हिसाब माग्नुपर्छ
यिनलाई चुनावले हैन आन्दोलन ठीक पार्न लाग्नुपर्छ
जति भ्रष्टाचारी छन्
सबले सम्पति छोडेर भाग्नुपर्छ ।
नेता नै देशको समस्या
यो नेता नभएको भए
आहा ! हाम्रो देश कति राम्रो हुन्थ्यो
जति यिनले बेचे नदीनाला त्यो हाम्रो हुन्थ्यो
यो देशमा न घुसखोर हुन्थ्यो न भ्रष्टाचारी हुन्थ्यो
न कमिसनखोर हुन्थ्यो न बलात्कारी हुन्थ्यो
देशको समस्या नि नेता, समाधान गर्ने नि नेता
तर समाधान गर्ने नेता अझै छैनन् त यता ?
०००
घट्टेकुलो, काठमाडौं