
कुखुरी काँ
खै बिकास ? खोलाले बगायो खै खोल्यो ? नेताले बेच्यो । खै नेता ? कहिले यता कहिले उता खै कता कता ?

प्रेम ओली
कुखुरी काँ
कमिसन खा
खै कमिसन ?
नेताजिले खायो
खै नेता ?
घुस खोज्न गयो
खै घुस ?
पोलिसलाई सोध
खै पुलिस ?
चाकडिमा गयो ?
खै चाकडी ?
नेतालाई सोध
खै नेता ?
मन्त्री बन्न गयो
खै मन्त्री ?
भ्रश्ट्चार गर्न गयो
खै भ्रश्ट्चार ?
अक्तियार सोध
खै अक्तियार ?
दुला भित्र पस्यो
खैलो दुलो
पार्टिले कुचल्यो
खै पार्टी ?
बिकास गर्न गयो
खै बिकास ?
खोलाले बगायो
खै खोल्यो ?
नेताले बेच्यो ।
खै नेता ?
कहिले यता
कहिले उता
खै कता कता ?
०००
घट्टेकुलो, काठमाडौं