
मेरो नेताजीको के कुरा
भ्रष्टचार नियन्त्रण गर्छु भन्छन् आफै भ्रष्टाचारमा पर्छन् यस्ता नेताले देशको लागि नगरे अरु कले पो गर्छन् कुखुरा चोरीमा जेल परे पनि देशको लागि नेल खाको भन्छन् ।

प्रेम ओली :
मेरो नेताजीको के कुरा
छुरा छन् छुरा
रक्सी, मासु पैसो बलले चुनाव जित्छन्
त्यो खर्च भन्दा दश गुना कमिसन घिच्छन्
टिटिमाइ भन्दा सय गुना मेरा नेता अटिला
धनको कुरा गर्नु हुन्छन भने मित्तल भन्दा गाँठिला
मेरो नेताजीको के कुरा
छुरा छन् छुरा ।
गरिबको नेता भन्छन, घराना भन्दा छाटिला
छेपारोको जिजुबाउ जस्ता यी ढाँटिला
भोग विलासमा राजा माहाराजा भन्दा तगडा
यिनले गरेका हरेक काम ऐतिहासिक लफाडा
मेरो नेताजिको के कुरा
छुरा छन् छुरा ।
खोला नाला बेची सके अब देश बेच्न पनि आट्या छन्
देउँसै अँध्यारो पारी आफुलाई देशभक्ति भन्दै ढाट्या छन्
सिदान्तलाई पाउमा चडाउदै भारू र डल सित साट्या छन्
हिजो अर्कै आज अर्कै कुरा गर्दै आफ्नै कुरा आफै काट्या छन्
मेरो नेताजीको के कुरा
छुरा छन् छुरा ।
भ्रष्टाचार नियन्त्रण गर्छु भन्छन् आफै भ्रष्टाचारमा पर्छन्
यस्ता नेताले देशको लागि नगरे अरु कले पो गर्छन्
कुखुरा चोरीमा जेल परे पनि देशको लागि नेल खाको भन्छन्
काम नपाएर राजनीतिमा लागे जनताको लागि राजनीतिमा आको भन्छन्
मेरो नेताजिको के कुरा
छुरा छन छुरा ।
०००
घट्टेकुलो, काठमाडौं