साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दल र देश !

बोल्ने के हो ? मतलव कतै याद गर्दैन शीर्ष । हुक्के ढोके, अधम चिलिमे ! मान्दछन् मूल तीर्थ ॥ कैले होलान्, दल जनमुखी शुद्ध राम्रा विचार । लुट्रने चुस्ने, खतम रटना, देशकै हो विशाद ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

जूडो-लाठी, खुकुरी र खुँडा, बोकी तर्बार-भाला ।
नाङ्गै नाच्ने, मुसल-डन नै, राख्छ चाबी र ताला ॥
कब्जा गर्छन्, दलबल यिनै, राज्यसंयन्त्र सारा ।
योध्दा जो छन्, अमिलिन गई, हेर्दछन् हा ! तमासा ॥ १॥

निर्दा दुब्ला गरिप लुखुरा, कार्यकर्ता पछाडि ।
नातागोता, धनपति -बली, चाकरै छन् अगाडि ॥
बाहूभित्रै, विधि-नियम छन्, तस्करै हुन्छ ठालू ।
धिक्कारै हो ! दलभरि भरे, बाघ ब्वाँसा र भालु ॥२॥

ट्यापे-मुन्द्रे-डन घनसरी, वज्रझैं छन् कठोर ।
झ्यापुल्टे, वा मुसलहरूकै, चल्न थाले अह्रोट ॥
भाले हुन्छन्, दमन पथका, कुण्डले शुण्ड-मुण्ड ।
चुल्ठे तिक्रे, मसल बलका, बन्दछन् वक्रतुण्ड ॥३॥

घोक्रे चोखा, दिनदिन कठै !, वाद-सिध्दान्त नीति ।
मौलाएछन्, डनगिरि यहॉ, फोर भो राजनीति ॥
त्यागी भन्ने, सुखसयलमा, बेच्न थाले इमान ।
रापीपापी, अतिसय बढी, तन्त्र नै भो बिकाम ॥ ४॥

चालामाला, विकृति पथमा भत्कने भो विधान ।
हुन्नन् कार्यान्वयन कहिल्यै, नव्य यो संविधान ॥
कुर्ची ताक्ने, फगत यिनको, छैन उम्दा विचार ।
मान्छन् सत्ता भुटन-मसला, च्वाट्ट मीठो अचार ॥ ५॥

बोल्ने के हो ? मतलव कतै याद गर्दैन शीर्ष ।
हुक्के ढोके, अधम चिलिमे ! मान्दछन् मूल तीर्थ ॥
कैले होलान्, दल जनमुखी शुद्ध राम्रा विचार ।
लुट्रने चुस्ने, खतम रटना, देशकै हो विशाद ॥ ६ ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x