साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमतीको अठोट : फेटा काटेर पेटिकोट

पिर्का उठेर डाइनिङ टेबिल भो भान्सा झरेर एकै लेबिल भो आफ्नो जति हराई गो, पराई भो देखासिकीको के कुरा गराइ भो वस्तुलाई बाँधे त्यो दाम्लो भो व्यक्तिले बाँधे त्यो टाई भो धन्य, धन्य श्रीमतीजी, क्या तर्क दियौ तिम्रो मौलिक विचारलाई धाई हो ! बधाई हो !!

Nepal Telecom ad

नवराज कार्की :

वीर विजेताले पाउने फेटा
कुनै दिन मैले पनि पाएको थिएँ
सालाको बिहेमा दक्षिणासहित
बाह्र हातको फेटा समाएको थिएँ
नैनसुतको त्यो चाम्रो फेटाले
कति राम्रो, कति नराम्रो गर्‍यो
धेरै वर्ष यता र उति
सर्दै रह्यो, सर्दै रह्यो
के गर्नु त्यो घाँडो भयो
कसरी त्यसको उपयोग गर्ने
अचेलको जमानामा त्यो कपडा
कहाँ कसरी प्रयोग गर्ने
पहिले त भन्थे बाहिर नैनसुत
भित्रचाहिँ भैंमा सुत्
कहाँको जिन्स, कहाँको पोलिस्टर
अहिले केको नैनसुत !

एक दिन अचानक श्रीमतीले
राम्रै जाँगर चलाइछिन्

मेरो फेटा काटकुट पारेर
आफ्नो पेटीकोट पो बनाइछन्
मान भयो कि अपमान भयो
मेरो संस्कृतिको र मेरो
कहाँ फेटा, कहाँ पेटीकोट
कहाँ मर्यादाको घेरो
ससुरालीबाट प्राप्त फेटा
पेटीकोट बन्छ भन्ने के था
एक मन त लाग्यो ठीकै भयो
‘त्वदीयं वस्तु गोविन्द
तुम्यमेव समर्पये’

उनको माइतीको उपहार
उनकै थियो उनकै भयो
मेरो शिरबाट झरेर के भो
आखिर उनकै कम्मरमा गयो
अर्को मनमा अभिमान जाग्यो
यो त घोर अपमान भयो ।

श्रीमतीजी भन्छिन्- जमाना बदलियो
हेर्नोस् कसरी पुरानो फेटाले
नयाँ पेटीकोटको रूप लियो
कोपरा कमोट बन्यो के अचम्म भो ?
रोचे त सोचेभन्दा माथि गो
घुरीमै पुग्यो, ट्याङ्की भो
पिर्का उठेर डाइनिङ टेबिल भो
भान्सा झरेर एकै लेबिल भो
आफ्नो जति हराई गो, पराई भो
देखासिकीको के कुरा गराइ भो
वस्तुलाई बाँधे त्यो दाम्लो भो
व्यक्तिले बाँधे त्यो टाई भो
धन्य, धन्य श्रीमतीजी, क्या तर्क दियौ
तिम्रो मौलिक विचारलाई
धाई हो ! बधाई हो !!

०००
‘एक दनक’, (२०५९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x