बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

श्रीमतीको अठोट : फेटा काटेर पेटिकोट

पिर्का उठेर डाइनिङ टेबिल भो भान्सा झरेर एकै लेबिल भो आफ्नो जति हराई गो, पराई भो देखासिकीको के कुरा गराइ भो वस्तुलाई बाँधे त्यो दाम्लो भो व्यक्तिले बाँधे त्यो टाई भो धन्य, धन्य श्रीमतीजी, क्या तर्क दियौ तिम्रो मौलिक विचारलाई धाई हो ! बधाई हो !!

Nepal Telecom ad

नवराज कार्की :

वीर विजेताले पाउने फेटा
कुनै दिन मैले पनि पाएको थिएँ
सालाको बिहेमा दक्षिणासहित
बाह्र हातको फेटा समाएको थिएँ
नैनसुतको त्यो चाम्रो फेटाले
कति राम्रो, कति नराम्रो गर्‍यो
धेरै वर्ष यता र उति
सर्दै रह्यो, सर्दै रह्यो
के गर्नु त्यो घाँडो भयो
कसरी त्यसको उपयोग गर्ने
अचेलको जमानामा त्यो कपडा
कहाँ कसरी प्रयोग गर्ने
पहिले त भन्थे बाहिर नैनसुत
भित्रचाहिँ भैंमा सुत्
कहाँको जिन्स, कहाँको पोलिस्टर
अहिले केको नैनसुत !

एक दिन अचानक श्रीमतीले
राम्रै जाँगर चलाइछिन्

मेरो फेटा काटकुट पारेर
आफ्नो पेटीकोट पो बनाइछन्
मान भयो कि अपमान भयो
मेरो संस्कृतिको र मेरो
कहाँ फेटा, कहाँ पेटीकोट
कहाँ मर्यादाको घेरो
ससुरालीबाट प्राप्त फेटा
पेटीकोट बन्छ भन्ने के था
एक मन त लाग्यो ठीकै भयो
‘त्वदीयं वस्तु गोविन्द
तुम्यमेव समर्पये’

उनको माइतीको उपहार
उनकै थियो उनकै भयो
मेरो शिरबाट झरेर के भो
आखिर उनकै कम्मरमा गयो
अर्को मनमा अभिमान जाग्यो
यो त घोर अपमान भयो ।

श्रीमतीजी भन्छिन्- जमाना बदलियो
हेर्नोस् कसरी पुरानो फेटाले
नयाँ पेटीकोटको रूप लियो
कोपरा कमोट बन्यो के अचम्म भो ?
रोचे त सोचेभन्दा माथि गो
घुरीमै पुग्यो, ट्याङ्की भो
पिर्का उठेर डाइनिङ टेबिल भो
भान्सा झरेर एकै लेबिल भो
आफ्नो जति हराई गो, पराई भो
देखासिकीको के कुरा गराइ भो
वस्तुलाई बाँधे त्यो दाम्लो भो
व्यक्तिले बाँधे त्यो टाई भो
धन्य, धन्य श्रीमतीजी, क्या तर्क दियौ
तिम्रो मौलिक विचारलाई
धाई हो ! बधाई हो !!

०००
‘एक दनक’, (२०५९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चार दनक

चार दनक

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

नवराज कार्की
दाह्री

दाह्री

नवराज कार्की
मुस्किल छ !

मुस्किल छ !

नवराज कार्की
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी