परशुराम काेइरालाए मानिस !
अनन्तपथमा पूर्व पश्चिम किन उज्यालो छ ? मानिसमात्र किन हँसिलो छ ? सु्र्ताहीन किन पार्छ मानव दर्शन ? मसाने नङ्ग्रा किन भाँच्छ मानव दर्शन ? बैशाख र असारलाई सोध मानिस पानी र समय बगिरहेका देख्यौ नि सधैँ ?

परशुराम कोइराला :
हो, रङहरूका जात एउटै हुन्छ
हो,बाज र चीलहरूका जात एउटै हुन्छ
तिमीलाई मन पर्ला नपर्ला अलग कुरा
सही पच्ला नपच्ला फरक कुरा
हो, राता रगत हुने मानिस एकै जाति ।
यो मान्छे नबस्ने शहर !
फूलविनाको फुलबारीजस्तै हुन्छ
मानव नभेटिने शहर !
दिन र रात एउटै कसरी हुनु ?
गुन्द्रुकलाई गुन्द्रुक मन पर्छ
काउलीलाई काउली मनपर्छ
अङ्कमाल असम्भव हुन्छ यिनीहरू बीच ।
माटो पानीविनाको कङ्क्रिटजस्तो
मायाउपकार विनाका मन्दिरजस्तो
गुच्चा जस्तै आँखा
नाङ्लापाते कान
एक बटुके गिदी
डलर, युरो, भारू अहङ्काररहित
कामकाजी जहिले हुन्छ त्यो
हो, मानवहितमा हुनेछ मानिस !
ए मान्छे !
क्षितिज फोर्छ मान्छे
गगन तोड्छ, जोड्छ मान्छे
लहरिन्छ, लहराउँछ
झ्याङैझ्याङ पर्छ, पार्छ मान्छे
यो मानिस विनाका शहर !
विनासुगन्धित बारी जस्तो !
घातमाथि घात !
हारमाथि हार वा पतनमाथि पतन !
गुण मिल्नेबीच रक्तसाइनै चुँडालेर
आफैलाई घात त किन गर्नु छ र ?
विजय सबैलाई मन पर्छ मान्छे !
नयाँ समय सपना मन पर्छ युगयुगसम्म
उज्यालो मनपर्छ
आकाश, धर्ती जोड्छ मान्छे ।
अङ्कमाल आशा सौन्दर्य !
काला गोरा, अग्ला होँचा
रङ् रगत मासु भोज !
आधुनिकताका जीत !
परिवर्तन मन पर्छ निरन्तर निरन्तर
रङ र रगतका दर्शन !
विद्रोह आँधी !
अनन्तपथमा पूर्व पश्चिम किन उज्यालो छ ?
मानिसमात्र किन हँसिलो छ ?
सु्र्ताहीन किन पार्छ मानव दर्शन ?
मसाने नङ्ग्रा किन भाँच्छ मानव दर्शन ?
बैशाख र असारलाई सोध मानिस
पानी र समय बगिरहेका देख्यौ नि सधैँ ?
क्रान्ति विद्रोहलाई सोध मानिस
ऋतुहरू किन स्थिर हुन्न ?
०००
पोखरा
Subscribe
Login
0 Comments
Oldest






































