साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेताल छ

शास्त्रको भावमा बज्रको तोड छ धैर्यको बाँध त्यो भत्किने जोड छ बाघको खालमा स्यालको जाल छ भाँडिदो एकता तर्सिने छाल छ ॥

Nepal Telecom ad

प्रकाश अर्याल :

देख्नमा धीर त्यो भित्र आघात छ
रश्मिको खोजमा शून्यता रात छ
लोकका सामुमा धाँधली चाल छ
आँसुका पोखरी दर्द आहाल छ ॥

लाभको तालमा जोखना हेरिने
शक्तिको आडमा फैसला फेरिने
ढोँगका बातका जाल जञ्जाल छ
फोहरी खेलका भिन्न सञ्जाल छ ॥

देशको हैन है व्यक्तिको स्वार्थ छ
सत्यको कल्पना गर्नु त्यो व्यर्थ छ
ज्ञानका टोकरी दूर बेहाल छ
झेलका बार्दली झाँक्न कोटाल छ ॥

शास्त्रको भावमा बज्रको तोड छ
धैर्यको बाँध त्यो भत्किने जोड छ
बाघको खालमा स्यालको जाल छ
भाँडिदो एकता तर्सिने छाल छ ॥

घोचको खेलले शान्ति जो रोक्दछ
पेचिलो शब्दले शत्रुता बोक्दछ
दृष्टिमा लोभको मोहको राल छ
हुस्सुका सोचका चाह बेताल छ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्ध विलौना

वृद्ध विलौना

प्रकाश अर्याल ख
अँध्यारो टिक्टक लाइभ

अँध्यारो टिक्टक लाइभ

प्रकाश अर्याल ख
बा-आमा

बा-आमा

प्रकाश अर्याल ख
खोले र सिस्नु मीठो, साथै मिलेर खाँदा

खोले र सिस्नु मीठो,...

प्रकाश अर्याल ख
टिकटक संसार

टिकटक संसार

प्रकाश अर्याल ख
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
झोले

झोले

खोलाघरे साहिँलोे
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
टीचर

टीचर

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x