साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए कुकुर !

खुल्ला सडकका स्वतन्त्र कुकुर जस्ताे ल्यागत नभएका नम्बरी आहारामा पनि तागत नभएका ए लाछी कुकुर ! आफ्नै पाैरखमा जीवन बाँचिरहेका सडकका मानिसहरु देखेर किन भुक्छस् हँ ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

ए कुकुर !
आफ्नै तालमा
आफ्नै सुरमा
आफ्नै लयमा
सडकमा हिंडीरहेकाे यात्रुलाई
काैशी र बराण्डाबाट किन भुक्छस् हँ ?
के तँलाई तेराे मालिकले त्यही सिकाएकाे छ ?
के तँलाई तेराे मालिकले त्यही अह्राएकाे छ ?
आफू बन्धनमा भएकाे वास्ता बिर्सिएर
मालिकका दम्भकाे अलिकति रस पिएर
अनावश्यक
सडकमा हिंडिरहेका
सराेकार बिहीन यात्रुलाई किन भुक्छस् हँ !
ए कुकुर ! तँ तेराे चेतनालाई चिन्नसक्छस् ?
घर छिचोल्दै भागेका
प्रतिध्वनिकाे लम्बाई नाप्न सक्छस् ?
वेदनाकाे समयभन्दा बाहिर
बेस्वादका क्षणहरु पछार्दै हिंडेका
आफ्नै परिवर्तनको
हाेस नराखी बाँचिरहेका
निर्दाेष मानिसहरुलाई किन भुक्छस् हँ ?
मालिकका कुकुरहरुलाई
आफू पराश्रित हुँ भन्ने थाहा छैन
मालिकका कुकुरहरुलाई
कसैकाे शाैखाश्रित हुँ भन्ने थाहा छैन
रुटिनबद्ध जीवन बाँचिरहेका
अथाताे सुखाकाँक्षा साँचिरहेका
निर्मम् समयसंग जबरजस्त
सम्झाैता गर्न बाध्य
अधमराे आशाका मसिना त्यान्द्रहरु समाएर
सानाे आस्थाकाे गाेरेटाे हिंडिरहेकाहरुलाई
काैसी र बार्दलीबाट किन भुक्छस् हँ ?
मालिककाे शाैखका निम्ति
कृत्रिम उचाइ नापिरहेका
उच्छिस्ट भाेजनकाे
जुठाे आशिर्वाद थापिरहेका
मालिककै अभिमानकाे व्यापार गर्न
तथाकथित ब्राण्डकाे विज्ञापनमा
सजिएका
खुल्ला सडकका स्वतन्त्र कुकुर जस्ताे
ल्यागत नभएका
नम्बरी आहारामा पनि
तागत नभएका
ए लाछी कुकुर !
आफ्नै पाैरखमा जीवन बाँचिरहेका
सडकका मानिसहरु देखेर
किन भुक्छस् हँ ?

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x