साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुच्चा लफङ्गाहरू

जानेनन् जनले भलो र कुभलो, गर्ने महा मानव। हामीछौ जनता अबूझ अतिनै, छान्यौ महा दानव।। यी भन्दा त निका थिए गरिबका अनपढ भनेका बरू। सेवा गर्न जुटे पराइ जनको, लुख्खा लफङ्गाहरू।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

पालेका सिरका लटार जगटा, दारी नकाटी कन।
कोरैछन् जनयी भनेर जमता, लागे सबै हेरन।।
गुण्डाझै तनका मुसण्ड जनको देखेर भागेअरू।
आएदेश बिकास गर्दछुभनी लुच्चा लफङ्गाहरू।।

रोजे पागलझै दिमाग नभका, बोल्नै नजान्नेकन।
सामन्ती जनको बनाइ अगुवा , हेप्दैछ निर्धा कन।।
गुण्डा शासकले सताउनपुगे,भागेर जान्छन् अरू।
आए देश बिकास गर्दछुभनी, लुच्चा लफङ्गाहरू।।

केटाको पनि कानमाछ मुदरा, चुल्ठो छ केटीसरी।
केआयो जमना हुनेर नहुने, छुट्याउने केगरी।।
राम्रो छैन नया भनौ म कसरी, राम्रो पुरानो बरू।
आए देश बिकास गर्दछुभनी, लुच्चा लफङ्गा हरू।।

भेढाको हुनगो बथान बलियो, बाख्रा हराएपछी।
भेढा घाँस टिपेर पेटभरद, बाख्रा रुएधरधरी।।
आएको घरमा रहेछ बिचरा, खोजेर बाख्रो चरु।
आए देश बिकास गर्छु म भनी, गुण्डा र प्यापेहरू।।

भेडाको नबुझी कुरा समयमा, बाख्रा भए दुर्गती।
भेडाले लखटे पसेर घरमा,पोले सबै सम्पती।।
भन्दैछन् जनता नया अगतिला, राम्रा पुरानै बरू।
आए देश बिकास गर्छु भनिजो, हुर्रा लफङ्गाहरू।।

हल्ला धेर गरेर सन्शद बने जोडे निजी सम्पती।
राम्री भैन भनेर हो कि घरकी , खोज्छन् नया श्रीमती।।
हौ विद्वान भनेर भोट बटुले, अन् पढ बनाई अरू।
आए देश नया बनाउनभनी, लुच्चा लफङ्गाहरू।।

जानेनन् जनले भलो र कुभलो, गर्ने महा मानव।
हामीछौ जनता अबूझ अतिनै, छान्यौ महा दानव।।
यी भन्दा त निका थिए गरिबका अनपढ भनेका बरू।
सेवा गर्न जुटे पराइ जनको, लुख्खा लफङ्गाहरू।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
कुनै छैनन् महान् देवकोटा समान

कुनै छैनन् महान् देवकोटा...

रामशरण न्याैपाने
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
अक्षर रोदन

अक्षर रोदन

हिरा भट्ट
अर्को स्वर्ग

अर्को स्वर्ग

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x