अमर सन्ततिदुईवटा ठोक्तक
१.
सिसाको घरमा बसेर, अरुको घर ढुङ्गा नहान,
हिराको खोजमा बालुवा, बेकार बनाउन नछान ।
आकाश हेरर नथुक, फर्केर आउला त्यो आफैमा,
बेकार होला नि संसार, बैरीको विश्वास नमान ।
२.
गाउँ घरतिर कुखुरा पनि स्यालले तान्छ तान्दैन ?
कलीयुग दाजै नेताले कुर्र्सी रोजेरै छान्छ छान्दैन ?
लाटागाँडा हामी जनता न त स्याल नै भयौ न नेता !
यस पाली नेता गाउँमा आए झटारो हान्छ हान्दैन ?
Subscribe
Login
0 Comments
Oldest



































