साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँकरभिट्टामा आदिकवि भानुभक्तको २१३ औं जन्मजयन्ती

प्रा.डा. भीम खतिवडा (धरान)को प्रमुख आतिथ्य, रविन कोइराला, दुर्गाप्रसाद आचार्य, गोपाल बुढाथोकी, विमल आचार्य, चन्द्र भण्डारी, पुण्यप्रसाद खरेल लगायत विशिष्ट,व्यक्तित्वहरू अथिति रहनु भएकाे थियाे ।

Nepal Telecom ad

काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान, काँकरभिट्टाले काँकरभिट्टा क्याम्पसको सभाकक्षमा आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीकाे विशेष कार्यक्रम आयोजना गरेको थियाे ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता, प्रा.डा. भीम खतिवडा (धरान)को प्रमुख आतिथ्य, संविधान सभासदस्य रविन कोइराला, प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्य, मेचीनगर प्रमुख गोपाल बुढाथोकी, पूर्वप्रमुख विमल आचार्य, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, आख्यानकार पुण्यप्रसाद खरेल, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, दुर्गाप्रसाद सापकोटा, आज पुरस्कृत हुनुहुने डा. टीका भण्डारी, पवन राजवंशी, टीका भट्टराई नेपाललाई मञ्चमा आसिन गराएर कार्यक्रम सुरुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष सुशील आचार्यले स्वागत तथा महासचिव लक्ष्मीप्रसाद उप्रेतीले सन्चालन गर्नुभएको कार्यक्रममा आदिकवि भानुभक्तको जीवनी व्यक्तित्वबारे काँकरभिट्टा क्याम्पसमा प्राध्यापन गर्नुहुने दामोदर ढुङ्गेलले प्रकाश पार्नुभयो ।

त्यसपछि लण्डन अध्ययनमा रहेकी प्रस्तुति वस्तीको अङ्ग्रेजी भाषामा रचित कविता सङ्ग्रह ‘Echos and Eternity’को प्रमुख अतिथिद्वारा लोकार्पण गरियो र सुवर्ण भट्टराईले सो कृतिको टिप्पणीमूलक परिचय दिनुभयो ।
यही असार २७ गते भएको प्रतियोगितात्मक कविगोष्ठीमा प्रथम, द्वितीय तथा तृतीय हुने क्रमशः दीपेश राउत, निर्मला बाँस्तोला दङ्गाल तथा प्रस्तुति भण्डारीलाई रु ५,०००/–, ३,०००/– र २,०००/– राशि तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरियो ।

कार्यक्रम मुख्य पुरस्कार तथा सम्मानको कार्यक्रममा प्रवेश गर्यो । आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कारबाट डा.टीका भण्डारीलाई रु १ लाखको राशि र प्रमाणपत्र, कृष्ण–पवित्रा उप्रेती कला संस्कृति पुरस्कारबाट पवन राजवंशीलाई रु २५ हजारको राशि र प्रमाणपत्र तथा हेमराज–मेदनी खरेल साहित्य पुरस्कारबाट टीका भट्टराई नेपाललाई रु २५ हजार राशि तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरियो ।

‘सप्त समय’ सालबाडी सिलगढीका स्रष्टा मोनिका प्रधानले कविता सुनाउनु भएको कार्यक्रममा डा.टीका भण्डारीले पुरस्कृत स्रष्टाहरुको तर्फबाट मन्तव्य राख्नुभयो भने आजको भानु जयन्तीको सन्दर्भ र पुरस्कृत स्रष्टाहरुलाई बधाई तथा शुभकामना मन्तव्य राख्नुभयो चन्द्र भण्डारी, ज्ञानेन्द्र खतिवडा, दुर्गाप्रसाद आचार्य तथा प्रमुख अतिथि प्रा.डा. भीम खतिवडाले ।

कार्यक्रमको सुरुतिर दीपा भट्टराईले आदिकवि भानुभक्तका केही कवितांश विभिन्न छन्दमा मिठो स्वर तथा लयमा सुनाएर कार्यक्रममा रोचकता थप्नुभएको थियो । कार्यक्रममा उपर्युक्त व्यक्तिहरुका अतिरिक्त आजको कार्यक्रममा नवराज घिमिरे, हरिप्रसाद नेउपाने -चन्द्रगढी), हरिप्रसाद नेउपाने -बाहुन्डाँगी) प्रेमप्रकाश फलाहारी, हरि पोखरेल, विरही अधिकारी, मोक्ष खतिवडा, हरि तिमसिना, सौरभ मैनाली, सासङ्क धुलाबारी अध्यक्ष छविलाल खतिवडाहरूकाे सहभागिता रहेकाे थियाे ।

पत्रकारहरु मुक्ति पौडेल, अर्जुन कार्की, लक्ष्मी उप्रेती, स्रष्टा केन्द्रप्रसाद भट्टराई, दीपक पोखरेल -खानेपानी), कविहरु कल्पना ओली, तेराख प्रतिष्ठान अध्यक्ष शिवकुमार पौडेल, दुर्गा अधिकारी भेटवाल, रामचन्द्र उप्रेती, दिलिपजङ सुब्बा, मातृकाप्रसाद सङ्ग्रौला, जयप्रसाद आचार्य, भगवती ढुङ्गेल, मुक्ति अस्तित्व, देवीचरण भण्डारी, लीना भण्डारी, रश्मि असफल, बन्धन मुण्डा, गीता सुवेदी नेपाल, ज्ञानु बुढाथोकी, डा.खगेन्द्र दाहाल, कृष्णप्रकाश सुमार्गी लगायतकाे समुपस्थिति थियाे ।

त्यसै गरी अभागी थेगुवा, मुनाराज सेर्मा, कमलप्रसाद भट्टराई, लक्ष्मी अच्युत ढुङ्गाना, तेजप्रसाद चौंलागाईं, रीता भण्डारी, मिलनकुमार ढुङ्गाना, सप्त समय सालबाडीका मोहन ठकुरी, लीलबहादुर सोनार, जित सुनार, मनिकुमार प्रधान, निर्मल सिन्चुरी, मोनिका प्रधान, देवी सुनार, ज्ञानेन्द्र खतिवडा, पूर्ण मगर हुनुहुन्थ्यो भने जमुना ढुङ्गाना, गोविन्द गिरी, लोहित चापागाईं, फणिन्द्र घिमिरे, बिना तामाङ, गङ्गा ओडारी, राजु कार्की, राजु पोखरेल, राजु पौडेल, लक्ष्मीदेवी उप्रेती, भीष्मराज खरेल, उर्मिला विमली खरेल, नरेन्द्र सिटौला, रुपनारायण भट्टराई, कृष्ण खरेल, गोविन्द घिमिरे, दिव्यश्वरा मैनाली, राजेन्द्र रिजाल, वार्ड अध्यक्ष अर्जुन कार्की, अनन्त वस्ती, निता वस्तीसहित १०० जनाभन्दा बढीको उपस्थिति रहेको भयो ।

०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x