अमर अधिकारीपाँच खित्कौली
बाटो हिँड्दैगर्दा केटा र केटी ठोक्किए- केटीः हेरेर हिँड्नुपर्दैन ? केटाः हेर्या त हो नि मोबाइलको स्क्रिनमा !

अमर अधिकारी :
१.
चर्चा कोटीहोमको-
पत्रकारः कतातिर हो लेखकज्यू हतारिँदै ?
लेखकः पशुपतिछेउँमा लुटिहोम चलिराछ रे अन्धभक्तहरुबाट लुटेर कति लैजाँदारहेछन्, त्यो हेर्न जानलागेको ।
२.
बसमा सहचालक झोँक्किँदै-
सहचालकः महिला सिटमा नबस्नुस् अंकल, उताको सिटमा बस्नुस् !!
यात्रुः माहिला लेख्या छ त । म माहिलो नै हो ।
सहचालकः कुन चाहिँ उटपट्याङले ‘म’ को पछाडि ‘आ’ कार थपिदिएछ । उता अर्को सिटमा जानुस् ।
३.
एक ग्राहक पसलमा छिरेछन्-
ग्राहकः क्या हो साहुजी अस्तिदेखि मलाई नमस्कार नै गर्नछोड्नु भो नि !
पसलेः रिटाएर भएको थाहा पाएपछि के को नमस्कार? के चाहियो, भन्नुस बरू !
४.
बाटो हिँड्दैगर्दा केटा र केटी ठोक्किए-
केटीः हेरेर हिँड्नुपर्दैन ?
केटाः हेर्या त हो नि मोबाइलको स्क्रिनमा !
५.
कक्षाकोठामा पढाई चल्दै-
शिक्षकः लौ भन त भाइ बहिनीहरू हो ! ट्वाइलेटमा बसेर खान मिल्ने वस्तु के हो ?
विद्यार्थीः चुरोट, सूर्ती र गुट्खा हो सर ।
०००
बुढानीलकण्ठ, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































