रुद्र ज्ञवालीचार ठोकान
बोक्रा र भेट्ना हेरेको भरमा तारिफ गरेर हुन्छ र ? फैसला निर्णय आफ्नै मन-माफिक गरेर हुन्छ र ? आउनुस् न मनको सम्बन्ध मनसङ्गै स्थापित गरौँ मान्छेका मान्छे हुन्छन् कसैले आरिस गरेर हुन्छ र ?

रुद्र ज्ञवाली :
१.
यो रिक्तता भन्दा त बरू कुनै भयंकर दुर्घटना होस्
हिरासत होस मुद्धा चलोस् बरू कठोर यातना होस्
यस्तो महान बोधीसत्वको खोजमा लागेको छु अचेल
मान्छेको मनमा मान्छेकै जस्तो करूणा संवेदना होस् ।
२.
उधारेर सम्बन्ध फेरि एकपटक सिउने रहर छ
मन्दमन्द ती जहरका प्यालाहरू पिउने रहर छ
हत्या गर्दैमा रहर मनका सुनौला याम बितेर गए
क्षणिक होस् तर चराको जिन्दगी जिउने रहर् छ ।
३.
मन त मनै हो यसको दफा परिवर्तन कसरी हुन सक्छ
मनका फाजिल दरबन्दी समायोजन कसरी हुन सक्छ
गुनासै गुनासाले भरिएका छन् रे मनका धन्सार सुन्दैछु
भन्नुस् न ती गुनासाहरूको सम्बोधन कसरी हुन सक्छ ।
४.
बोक्रा र भेट्ना हेरेको भरमा तारिफ गरेर हुन्छ र ?
फैसला निर्णय आफ्नै मन-माफिक गरेर हुन्छ र ?
आउनुस् न मनको सम्बन्ध मनसङ्गै स्थापित गरौँ
मान्छेका मान्छे हुन्छन् कसैले आरिस गरेर हुन्छ र ?
०००
गुल्मी
Subscribe
Login
0 Comments
Oldest





































