साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

विद्यालय बनेनन् भ्युटावर बने यहाँ बाटो पुल बनेनन् भ्युटावर बने यहाँ विकासको नारा खुबै फुक्थे तिनीहरु अस्पताल बनेनन् भ्युटावर बने यहाँ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
नाघेर मर्यादा बोल्दैछौ किन
जान्ने भै ज्यादा बोल्दैछौ किन
ठूलै विद्वान् भनिने हे महासय ,
बनी पराइ प्यादा बोल्दैछौ किन ?

२.
आफ्नै धरामाथि गर्दैछौ घात
आफ्नै आमामाथि हान्दैछौ लात
अज्ञानताको पराकाष्ठा नाघी
आफ्नै विद्वत्तामाथि पार्दैछौ बज्रपात

३.
अझै पनि चर्को स्वरमा कराउँदैछौ तिमी
नगर्ने काम धमाधम गराउँदैछौ तिमी
जसरी थियौ चम्किएको हिजो बिजुली झैँ ,
त्यसरी नै अप्रिय भइ हराउँदैछौ तिमी ।

४.
विद्यालय बनेनन् भ्युटावर बने यहाँ
बाटो पुल बनेनन् भ्युटावर बने यहाँ
विकासको नारा खुबै फुक्थे तिनीहरु
अस्पताल बनेनन् भ्युटावर बने यहाँ ।

५.
दिएहुन्थ्यो समाजका कुरीति कुसंस्कारको बलि
दिएहुन्थ्यो इर्ष्या घमण्ड अनि अहङ्कारको बलि
ती अबोध निर्दोष र निरीह पशुबलिको सट्टामा –
दिएहुन्थ्यो स्वार्थ दुर्गुण र मनका बिकारको बलि ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली – १७४

बेलाको बोली – १७४

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x