साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगितामा सेवन्त आचार्य प्रथम 

विद्यालय तहमा अध्ययनरत नेपाली भाषी विद्यार्थीहरूबिच प्रतियोगिता गराई पुरस्कार प्रदान गर्नका लागि २०८३ असोज १४ गते (सेप्टेम्बर ३०, २०२६) भित्र निबन्ध पठाउन ‘बाङ्गा अक्षर’ले आह्वान गरेको थियो।

Nepal Telecom ad

काठमाडाैं । नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को घोषणा गरिएको छ।

विद्यालय तहमा अध्ययनरत नेपाली भाषी विद्यार्थीहरूबिच प्रतियोगिता गराई पुरस्कार प्रदान गर्नका लागि २०८३ असोज १४ गते (सेप्टेम्बर ३०, २०२६) भित्र निबन्ध पठाउन ‘बाङ्गा अक्षर’ले आह्वान गरेको थियो। यो पुरस्कार वि.सं. २०८२ सालदेखि प्रदान गर्न शुरु गरिएको हो।

संसारभरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूबाट प्राप्त निबन्धहरूको मूल्याङ्कनका आधारमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विजेताहरूको नाम घोषणा गरिएको छ।

प्रतियोगितामा सेवन्त आचार्य प्रथम, सुबिज्ञ राज खरेल द्वितीय तथा पुसप खरेल र स्वीकृति तामाङ तृतीय भएका छन्।
काठमाडौँमा एक कार्यक्रम आयोजना गरी प्रथम हुनेलाई नगद रु. २०,०००/- (बीस हजार), द्वितीय हुनेलाई नगद रु. १०,०००/- (दश हजार) र तृतीय हुने दुई जनालाई नगद रु. ५,०००/- (पाँच हजार) का दरले सम्मान-पत्रसहित पुरस्कार ‘बाङ्गा अक्षर’द्वारा अर्पण गरिनेछ।

प्रतियोगितामा प्रथम भएका सेवन्त आचार्य अमर माध्यमिक विद्यालय, इलाममा कक्षा १२ मा अध्ययनरत छन् । द्वितीय सुबिज्ञ राज खरेल डियरवाक सिफल स्कुल, काठमाडौँमा कक्षा १० मा अध्ययनरत छन् । त्यसैगरी तृतीय पुसप खरेल र स्वीकृति तामाङ क्रमशः श्री कान्ति भैरव गुरुकुल, काठमाडौँ र काभ्रे इङ्लिश माध्यमिक विद्यालय, काभ्रेमा कक्षा १२ मा अध्ययनरत छन् ।

हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार सुमी लोहनी रहनुभएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका आधारमा प्रथम, द्वितीय र तृतीय हुनुभएका विजेताहरूको घोषणा गरिएको हो।

निबन्ध मूल्याङ्कनका लागि हास्य र व्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सृजनशील प्रस्तुति, भाषा र शैली, तथा संरचना र तादात्म्यलाई मुख्य आधार बनाइएको थियो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुहुने छात्रछात्राहरूलाई ‘बाङ्गा अक्षर’ बधाई ज्ञापन गर्दछ। साथै, निबन्ध प्रतियोगितामा भाग लिनुहुने सम्पूर्ण छात्रछात्राहरूलाई धन्यवाद दिँदै लेखन कार्यलाई निरन्तरता दिनका लागि ‘बाङ्गा अक्षर’का तर्फबाट अध्यक्ष नारायण भट्टराईले अनुरोध गर्नुभएकाे छ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x