कार्टुनिस्ट राजेश मानन्धर फित्काैली मासिक प्रकाशन (२०६२) देखि फित्काैली वेभसाइट हुँदै अहिले अनलाइनसम्म निरन्तर र अविछिन्न रूपले कार्टुनकलामा संलग्न हुनुहुन्छ । उहाँ समसामयिक विषयमा व्यंग्यात्मक चित्रहरू कोर्न रुचाउनुहुन्छ र कलाशिक्षकका रूपमा पनि क्रियाशील हुनुहुन्छ । उपत्याकाका विभिन्न स्कुलहरूमा चित्रकला सिकाउने मानन्धर अहिले पनि फित्कौली डटकममा नियमित कार्टुन बनाइरहनु भएकाे छ ।