सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्राे बारेमा

विसङ्गत फोहोरको डङ्गुर जति अग्लिँदै जान्छ, हास्यव्यङ्ग्य सिर्जनाकर्म त्यत्तिकै मौलाउँदै जान्छ । तर हामी चाहन्छौँ हास्यव्यङ्ग्य मौलाउने पर्यावरण विनष्ट होस् । यसको अर्थ यो देशमा भ्रष्टाचार, अनाचार, दूराचार, पापाचार समग्रमा भन्दा अहिले चलिरहेको लुटतन्त्र समूल नष्ट होस् । विसङ्गत पर्यावरणलाई उधिनेर छ्याल्लब्याल्ल पार्दै सङ्गति निर्माणको कामना हास्यव्यङ्ग्यको अभीष्ट हो र फित्कौलीको अभीष्ट पनि यही हो ।

गालीगलोज र लाजभाँडको बोली हास्यव्यङ्ग्यको गोली हुन सक्दैन भन्ने मानक मान्यतालाई फित्कौलीले आरम्भदेखिनै आत्मसात् गर्दै आएको छ । यही मान्यतामा आधारित भएर हामी फित्कौलीको आगामि यात्रालाई निरन्तरता दिइरहेका छौँ ।

नेपाली हास्यव्यङ्ग्यको अनलाइन पत्रिकाका रुपमा स्थापित फित्कौली डटकममा हरेक दिन नेपाल र नेपाल बाहिरका ख्यातिप्राप्त हास्यव्यङ्ग्यकर्मीहरूका साथै हास्यव्यङ्ग्यका नवोदित नवस्रष्टाहरूका हास्यव्यङ्ग्य सिर्जनासामग्री, कार्टुन, कविता, बाङ्गा गजल, ठोक्तक, ठट्यौली मट्याङ्ग्रा, प्यारोडी, निबन्ध, समीक्षा, हास्यव्यङ्ग्य कृति र तिनका परिचय लगायत समसामयिक कार्टुन र हास्यश्रृङ्खलामा आधारित लघु भिडियोहरू समावेश गरिन्छ ।

एकल प्रयत्नबाट मासिक पत्रिकाका रुपमा प्रकाशन आरम्भ भएको यो पत्रिका अब सामुहिक र पूर्ण व्यवसायिक अनलाइन पत्रिकामा रुपान्तरण गरिएको हो । यसमा सल्लाहकार, सम्पादन, लेखन, प्रविधि, व्यवस्थापन, प्रदेश प्रतिनिधिसम्मको एउटा व्यवस्थित फित्कौली पल्टन नै संलग्न रहेको छ ।