फित्काैली डटकमजनसाहित्य संघद्वारा १९ जनालाई सम्मान गर्दै रचनावाचन र पुस्तक लोकार्पण
भौगोलिक र सांस्कृतिक विविधतालाई जोड्दै उत्तरआधुनिक र यथास्थितिविरुद्ध प्रगतिवादी साहित्य र संस्कृतिलाई अघि बढाउन जोड दिइयो ।
झापा । जनसांस्कृतिक महासङ्घ एक नम्बर (कोसी )को आङ्गिक सङ्गठन जनसाहित्य सङ्घ, नेपाल एक नम्बर (कोसी)प्रदेश समितिको आयोजनामा झापाको दमकमा स्रष्टा सम्मान, रचनावाचन तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भयो ।
दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय संयोजक, कवि तथा कलाकार भीम कुमाखीले कवि तथा सहप्राध्यापक टेकनाथ घिमिरेद्वारा लिखित ‘माधव’ यात्रा खण्डकाव्यको लोकार्पण र सर्जकहरूलाई सम्मान गर्दै सांस्कृतिक रूपान्तरणका पक्षमा एक नम्बर प्रदेश कोसीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।कुमाखीले प्रदेशको भौगोलिक र सांस्कृतिक विविधतालाई जोड्दै उत्तरआधुनिक र यथास्थितिविरुद्ध प्रगतिवादी साहित्य र संस्कृतिलाई अघि बढाउन जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि जनसाहित्य सङ्घ नेपालका केन्द्रीय संयोजक तथा प्राज्ञ त्रैलोक्यमान बनेपाली ‘अगिव’ले जनसाहित्य लेखक सङ्घले जनताका पक्षमा साहित्य सिर्जना गर्ने र गराउने विषयवस्तुलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि नेकपा कोसी प्रदेश सचिवालय सदस्य सन्तोष गौतम,विशेष अतिथि प्राज्ञ प्रा. डा. गोपाल भण्डारी र अतिथि कवि खेमलाल पोखरेलले शुभकामना मनतव्य राख्नुभयो। समीक्षक वासुदेव खनालले लोकार्पित कृतिको मूल विषयवस्तु र दृष्टिकोण बारे गहन टिप्पणी गर्नुभयो।
कार्यक्रममा प्राज्ञ हरि पौडेल ,मिश्र वैजयन्ती, रेखा सुवेदी, विन्दु दाहाल ‘मूकदर्शक’, तिला लेकाली, सहप्राध्यापक टेकनाथ घिमिरे ‘माधव’, दुर्गा लिम्बू ‘सानु कोविद’, धनकुटे कान्छा, शिव रेग्मी ‘प्रणत’, खगेन्द्र न्यौपाने, अभिषेक दास, निर्मला भट्टराई, प्रकाश बुढाथोकी, उमानाथ दाहाल, धीरज परियार, प्रतिमान तामाङ, गीताप्रसाद श्रेष्ठ र हेमनाथ अधिकारी लगायतका प्रगतिशील ,अग्रगामी र गणतान्त्रिक क्षेत्रमा विशेष योगदान पुर्याएका १९ जना सर्जकहरू सम्मानित हुनुभयो ।
यसैगरी ,प्राज्ञ हरि पौडेल, खेमलाल पोखरेल, तिला लेकाली, मुना मिश्र, भूमिका चापागाई (घिमिरे), टङ्क पाठक, हरिप्रसाद पराजुली, यज्ञ परिश्रमी, अभिमन्यु चापागाई, ओम खनाल, चन्द्र सम्बाहाम्फे, युसन चाम्लिङ्ग, दिल भुटानी र थिरुप्रसाद घिमिरे लगायत १५ जनाले आआफ्ना रचनावाचन गर्नुभयो ।
जनसांस्कृतिक महासङ्घ नेपाल, एक नम्बर (कोसी) प्रदेशका संयोजक, प्राज्ञ तथा कार्यक्रम संयोजक प्राडा खेमराज खनालले प्रगतिवादी साहित्य, संस्कृति र कला विधालाई समृद्ध बनाउन सकिने बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो।
जनसाहित्य सङ्घ नेपाल प्रदेश नं. एक (कोसी)का संयोजक तथा कवि विमला पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनसाहित्य सङ्घका सहसंयोजक तथा कवि सुधीर केसीले स्वागत मनतव्य र कार्यक्रमको उद्घोषण जनसांस्कृतिक महासङ्घ झापा जिल्ला समितिका संयोजक राजन चापागाईंले गर्नुभयो। कार्यक्रम करिब ९० जनाको उपस्थितिमा भव्यतापूर्वक सम्पन्न भयो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































