साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैंसँगै रित्तिएकाे मन

गाउँले जीवनशैलीप्रति आधुनिक पुस्ता र सहरिया जीवनशैलीप्रति मजस्ता पाका पुस्ता समायोजन हुन नसक्ने बुझियाे । बुझियाे मात्रै किन ? भाेगियाे ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

हाे , यसपालिको दशैं विदा भएर गयाे । अर्को साल आउने गरी । दशैं गए पनि यसकाे प्रभाव मसँगै रहिरह्याे । मसँग मात्रै किन ? मजस्तै मनुवाहरूसँग रहिरह्यो । मेराे विचारमा यस्ताे अवस्था घरघरमै छ । काेही कहन्छ । काेही चुपचाप सहन्छ । आफू परियाे बाेलक्कड मान्छे । मनमा लागेकाे कुरा खाेलिहाल्नु पर्ने। चित्त नबुझेकाे कुरामा बाेलिहाल्नु पर्ने । मेराे विचारमा गुम्सिएर बस्नुभन्दा गथासो पाेखेर उम्किएकै राम्राे ।

माथिल्लो गराकाे पानी तल्लाे गरामा जान्छ । तल्लाे गराकाे पानी माथि लैजान प्रविधि चाहिन्छ । मेराे जीवनमा यहीँ नियम लागू भयाे । नाै वर्षसम्मकाे नवदुर्गाकाे आराधनापश्चात् दसाैं वर्षकाे मेराे दशैं खास रह्याे । सम्झन लायक अर्थात् चाहेर पनि भुल्न नसकिने । अविस्मरणीय ।

नाै वर्ष अघि परदेश पसेकाे छाेराे दशैंमा घर भित्रिएकाे क्षण कसले भुल्न सक्छ र ? छाेराे परदेश पसेकाे नाै महिनापछि उसकी आमाले पनि छाेडेर गएकी थिइन् । आमाकाे अन्त्यकालमा छाेराे सँगै हुन सकेकाे थिएन । दागबत्ती दिनुपर्ने एकमात्र छाेराे परदेशबाट जसरी पनि आउनु पर्दथ्याे । आउन सकेन । खबर नपाएर हाेइन । उसकै भाषामा परिस्थिति त्यस्तै भइदियाे । यता गाउँलेहरूले कुरा काट्नुसम्म काटे । दर्शन छाँट्नुसम्म छाँटे ।

कसैका विचारमा – “मर्दापर्दा काम नलाग्ने छाेरा के छाेरा ? यस्ता छाेरा हुनुभन्दा नभएकै जाति । ”
कसैका विचारमा “दाेस्राे विवाह गरेकाे राम्राे । बुढेसकालमा झनै साहारा चाहिन्छ ।”
मेरा विचारमा ” साठी कटिसकेकाे मान्छेले जीवनसाथी खाेज्जुकाे के अर्थ ? ”
कुरा काट्नेहरूका लागि दाेस्राे विवाह पनि खुराक बन्थ्याे । विवाह नगरी बसेकाेमा दुनिया दसथरि कुरा भन्थ्याे । भन्नेहरूले “तरुनी बुहारीमाथि नजर लगाएकाे ” पनि भन्न भ्याएछन् । भन्नेहरूका मुख टाल्न सकिएन । आफ्नै गाउँले भनेर मानहानिकाे मुद्दा हाल्न सकिएन । पाप प्रदाेष भाेग्ने आफ्नै कर्मले हाे । देख्ने परमात्मा छदैछन् भनेर चित्त बुझाइयाे ।

छाेराे परदेश गए पनि बुहारी साथमा थिइन् । बुहारीलाई बुहारीका रूपमा हेरिएन् । छाेरी नभएकाे हुँदा छाेरीकै हिसाबले हेरियाे । छाेराे साथमा नभए पनि नाति काखमा थियाे । मलाई भुलाउने ,गाउँ डुलाउने नाति थियाे । काँधेकुरी हालेर गाउँ नडुलाएसम्म उसले भात खाँदैनथ्याे । उसकाे हजुरबासँग गाउँ घुम्ने रहरभित्र अर्को गुप्ती कुरा थियाे । चकलेट खाने लाेभले गाउँकाे पसलसम्म नातिले डाेराउथ्याे । नातिले मलाई भुलाउने । मैले नाति भुलाउने । यसैगरी दिन कटेका थिए । त्यसैले पनि अन्यथा साेच्ने कुरा आएन । गाउँलेहरूका कुरामा ध्यान गएन । कुकुर भुक्दै जान्छ हात्ती लम्किदै जान्छ भनेझैं गरियाे । गाउँलेहरूका कुरा सुनेको नसुनेझैं गरियाे ।

आगाे ताप्नु मुढाकाे कुराे सुन्नु बुढाकाे त्यसै भनेकाे हाेइन रहेछ । उबेला बुढापाकाकाे कुरा सुन्न आवश्यक ठानिएन । बुढेसकालमा विवाह गर्न मानिएन । पछिकाे कुरा जानिएन । बुढेसकालकाे साहारा एकमात्र छाेराे परदेशमा थियाे । आमाकाे अन्तिम संस्कारमा समेत उपस्थित हुन सकेकाे थिएन । बुहारी र नातिकाे मुख हेरेर मन भुलाउनेे प्रयासमा थिएँ । त्याे पनि लामाे समय टिक्न सकेन । गाउँमा बसेर नातिकाे भविष्य बिग्रिने कुरा बुहारीले एकदिन जाहेर गरिन् । उनकाे कुरा काट्न सकिएन । बुहारी नाति टिपेर सहर झरिन् । बुहारी र नाति सहर झरेपछि समयले एकलकाटे बनायाे ।

एकलकाटे जिन्दगीलाई चाडपर्वले पनि सताउँदा रहेछन् । सबैका घरमा आउदा चाडपर्वहरू मेराे बुकुराे हुँदै आउथे अनि मलाई झस्काएर गाउँतिर जान्थे । अरूकाे घरमा खुसीकाे बहार लिएर आउने पर्वहरूले मलाई भने चिथाेरेर जान्थे । त्यसमाथि दशैंले झनै घायल बनाएर जान्थ्यो । रेडियोबाट बज्ने ” नमुछे आमा दहीमा टीका नछरे जमरा …” गीतले मेराे हुर्मत काढ्थ्याे । कलेजी काट्थ्याे । छाती फाट्थ्याे ।

छाेराले छाेडेर विदेश गएपछि अनि बुढी बितेर विदुर भएपछि मेरा लागि दशैं केवल ओैपचारिकतामा सीमित भएकाे थियाे । बुहारी र नातिसमेत सहरिया भएपछि दशैं मबाट टाढिएकाे थियाे । दशैंले ल्याउने उमङ्ग उजाडिएकाे थियाे ।

दशैं आएपछि परदेशीहरूले गाउँमा काेशली बाँढ्दै हिड्थे । जागिरेहरूले सरूवा र बुढुवाकाे हिसाबकिताब गर्दथे । सहरमा बसेर बिजनेस गर्ने गाउँका साहुजीहरूले नाफा र नाेक्सानका बहस गर्दथे । स्कुलेहरू बाह्र पास गरेर विदेश जाने कुरा सुनाउथे । लाेकसेवा लड्नेहरू आफ्नो तयारीका कुरा सेयर गर्दथे । गाउँ घुम्न आएका घुमक्कड तरुनी र तन्नेरीहरू आफ्नै धुनमा व्यस्त देखिन्थे । रैथाने गाउँलेहरूलाई दशैंकाे चटारो हुन्थ्याे । गाउँटाेलकाे सरसफाइ गर्ने , घर आँगन लिपपोत गर्ने , दशैंका सरजामकाे जाेहाे गर्ने , मठ-मन्दिर धाउने आदि गर्दैमा फुर्सद हुँदैनथ्यो । गाउँमा दुई दिन झुल्किएका रसिक मण्ठलीहरू झनै व्यस्त हुने गर्दथे । डाेकाे बाेकेर घाँस काट्ने तिनै , दाउरा बालेर सेकुवा सेक्ने तिनै , पञ्जा लाएर गाेबर फाल्ने तिनै , लिङ्गे पिङमा टाङ् हाल्ने तिनै , झाँडीतिर छिरेर चुराेटमा भाङ् हाल्ने तिनै , मन्दिरहरू चाहरेर धजा बाँध्दै धार्मिक भइटाेपल्ने तिनै । तिनकाे वर्णन मै हूँ भन्नेले त सक्दैनन् भने मजस्ताे पाखे बुढाले के गर्ने ? जेहाेस् दुनियाँले फड्काे मारेकाेमा सत्तरीकाे नेटाे काट्न थालेकाे मजस्ताे लत्तरी पनि खुसी नै छु । जमानाले ल्याएकाे चलन मान्नै पर्याे । टिक्टक , रिल, भिडियो , भ्लग, फेस्बुक , इन्स्टाग्राम, भाइबर , म्यासेन्जर आदि अनेकौं सामाजिक सञ्जालका लागि कन्टेन बनाउनै पर्याे । साइबर कल्चरमा रमाउनै पर्याे । आफूलाई प्रबिधिमैत्री जनाउनै पर्याे । भाइरल बनेर नाम कमाउनै पर्याै । सामाजिक सञ्जालका साथीहरूका बीच आफ्नाे प्रभाव जमाउनै पर्याे । पछिल्लोपटक हरेक वर्षजसाे चाडपर्वहरू यथार्थपरकभन्दा प्रविधिमैत्री बनेकाेमा याे ज्यान आश्चर्यचकित छ ।

एक दिन एकाएक दसाैं वर्षकाे अन्तरालमा दशैं मेराे घर आँगनमा पनि भित्रियाे । महाअष्टमीकाे सन्ध्याकालीन प्रहरमा दशैं मेराे बुकुराेमा छिरेकाे थियाे । पहिले त मैले ठम्याउनै सकिन । शरदले बा ! भनेर संवाेधन गरेपछि हर्षाश्रुले भिजेकाे थिएँ म । साथमा बुहारी र नाति समेत आएका रहेछन् । साँच्चै भन्ने हाे भने वर्षाैंपछि दशैंका बेला परिवारका सदस्य आएकाेमा साक्षात् देवताहरूकाे आगमन भएकाे महसुस भएकाे थियाे ।

वर्षाैंपछि छाेरा ,बुहारी र नातिकाे आगमनले खुसी भएकाे मन क्रमशः धमिलिदै गयाे । कारण मेराे बुकुराेमा लाग्नेहरूका लागि पर्याप्त थियाे भने केवल अभाव मात्रै । अभाव बाहेक केही थिएन । दशैंका लागि विशेष भाेजन थिएन । खाेरमा खसी भए पनि मासुका लागि ढालिएकाे थिएन । ब्राह्मण भएकाेले कुखुरा पालिएकाे थिएन । त्यसैमाथि आफू भेजवाला भएकाेले ननभेज घरभित्रै हालिएकाे थिएन । शयनका लागि गतिलाे बिस्तारा थिएन । अट्याच वास रूम थिएन । स्नानका लागि छुट्टै बाथरूम थिएन । ताताे पानीका लागि गिजर, साेलार वा अन्य सुविधाजनक साधन र स्राेत थिएन। बत्ती झ्याप्प गएपछि बैकल्पिक ऊर्जा थिएन । रूम टेम्प्रेचरका लागि एसी थिएन । सबैभन्दा महत्वपूर्ण कुरा मेराे झुपडीमा इन्टरनेट जडान थिएन । वाइफाइ कनेक्सन थिएन । सामान्यभन्दा सामान्य लामखुट्टे भगाउने लिक्विड तथा झुल थिएन । खाना बनाउने इन्डक्सन , ग्याँस र इन्फारेड चुलाे थिएन ।

मेरा लागि मसँग केही थिएन भन्ने हाेइन । सबथोक थियाे । मेरा लागि मनग्ये थियाे । प्रशस्त दाउरा थिए । करेसाबारीमा इस्कूसकाे झ्याङ्, मूला, गाेपी ,सिमी र साग आदि सिजन अनुसारका तरकारी थिए। भकराेमा लैनु गाई थियाे । माउ बाख्रो र एउटा खसी थियाे । वर्षमा एकपटक लिपपोत गर्नै पर्ने भएकाेले गाेबरमाटीले पाेतिएकाे घर थियाे । झ्याल र ढाेकाहरूमा अलकत्रा दलिएकाे थियाे । चुहिने खरकाे छानाे स्थानीय सरकारकाे अभियानमा फालिएको थियाे अनि टिनले छानाे टालिएकाे थियाे । समग्रमा भन्नुपर्दा घरमा काेही नभएपछि , बुढाे ज्यानले नभ्याएपछि घर त्यसै फालिएकाे थियाे । दशैंकाे बेला भएकाेले पालामा तेलकाे बत्ती भने बालिएकाे थियाे ।

छाेरा बुहारीकाे एक्कासीकाे आगमनले मलाई अन्याेलग्रस्त बनाएकाे थियाे । केही समयदेखि सहरबासी भएका नाति र बुहारीलाई मेराे बुकुराे स्विटेवल थिएन । एकैछिनमा नातिका कपडा अलकत्राले पुत्लेपाङ्ग्रे भइहाले । बुहारीका कपडामा घरका भित्ताकाे माटाे दलियाे। चर्पीमा छिरेकाे छाेराे घिनाएर शरीर कन्याउँदै चुलासम्म आयाे । सायद उसलाई एलर्जी भएर हाेला । एकमुठी चिया टक्र्याउन खाेजेकाे छाेराले ” भैगाे बा पर्दैन । हामी चिया खाँदैनाैं । कफी यहाँ छैन हाेला ” भनेपछि त्याे टन्टा पनि सकियाे । मेराे बुकुराे छाेरा बुहारीका लागि कुनै किसिमले उपयुक्त थिएन । त्यसाे भएपछि आधाघण्टा गाडीकाे बाटाेमा भएकाे हाेटलमा बास बस्न र गाँस टिप्न उनीहरू निस्किए । मेराे खुसी पलभरमै सिद्धियाे । घरमा सन्नटा छायाे ।

महानवमीकाे दिन बिहान शरद मात्रै टुप्लुक्क आइपुग्यो । नाति र बुहारी हाेटलमै छाडेर । शरदले सँगै सहरकाे आफ्नै घरमा जान जिद्दी गर्याे । छाेराकाे जिद्दी टाल्न मनले मानेन । घरकाे रेखदेख अनि गाईबाख्रा रने साइलालाई जिम्मा लगाएर निस्किएँ । झमक्क साँझ पर्दा सहरकाे घरमा पुगियाे । खाना खाइबरी सुतियाे । दशैंकाे टीकाकाे दिन छाेराे, बुहारी र नातिलाई टीका र जमरा लगाएर आशीर्वाद दिइयो । दस वर्षदेखिको सपना पूरा भएकाेमा र याे अवसर प्रदान गरेकाेमा परमात्माप्रति कृतज्ञता प्रकट गरियाे ।

दसाैं वर्षपछिकाे दशैं छाेराकाे सहरकाे घरमा मनाइयाे । सुविधा सम्पन्न घर देख्दा आनन्द पनि आयाे । अत्यास पनि लाग्याे । सबथोककाे सुविधाले बेलाबखत द्विविधामा पार्याे । कुनै कुराकाे ज्ञान नभएकाे पाखे न परियाे । दिसापिसाबले च्याप्दा टट्टीखाना फेला पार्न नसकेर शरदलाई गुहार माग्नु पर्याे । रातभरि खाेकीले सताउँदा उता बुहारी र नातिलाई डिस्टर्ब भएकाे बुझियाे । छाेराका पाहुनासित गाउँले पारामा गफ गर्दा बुहारीकाे इज्जतमा धक्का लागेकाे महसुुस गरियाे । सबैले आ- आफ्नै तरिकाले माेबाइल खेलाउँदा आफू अलपत्र परेकाे भान भयाे । गाउँकाे बुढाे दशैंका मुखमा गाउँ छाेडेर एक्कासी सहर झरेकाेमा आफ्नो उता मान गएझैं लाग्याे । गाउँकाे घरमा दैलाे लगाएर हिडेकाे हुँदा एकादशीकाे दिन बिहानै घर फर्किने निश्चय गरियाे । सहर ल्याउँदा आफ्नै गाडीमा ल्याएकाे छाेराले बसपार्क सम्म ल्याएर छाेडिदियाे । “घर देखिहाल्नुभयाे फेरि फेरि आउनुहाेला है बा ! ” भनेर छाेराले हात जाेडिदियाे । यसपालि छाेरा बुहारी , र नातिलाई दशैंकाे टीका लगाइदिने घिट्किसाे पूरा भएकाेमा अन्यथा लागेन ।

अघि भनी सकें नि , दशैं अर्काे साल आउने गरी विदा भएर गयाे । दशैं गए पनि त्यसकाे अवशेष भने मसितै रहिरह्याे । पहिले दशैं मान्न नपाउँदा रित्तिएकाे याे मन अहिले पनि भारी भइरह्यो । वर्षाैंसम्म भेट नभएकाे छाेरासित भेट भएर दशैं मनाउँदा क्षणिक रूपमा आनन्द नआएकाे हाेइन । गाउँले जीवनशैलीप्रति आधुनिक पुस्ता र सहरिया जीवनशैलीप्रति मजस्ता पाका पुस्ता समायोजन हुन नसक्ने बुझियाे । बुझियाे मात्रै किन ? भाेगियाे । त्यसैले दशैं गए पनि मनभित्र उठेका तरङ्गहरू तरङ्गित भई नै रहे । वर्षाैंसम्म दशैं मान्न नपाउँदा रित्तिएकाे याे मन यसपालि दशैं मनाए पनि दशैं सकिएपछि पनि दशैंसँगै रित्तै रहिरह्याे ।

०००
२०८३ कार्तिक ८ चतुर्दशी
रेसुङ्गा न पा २ , गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
0
Would love your thoughts, please comment.x
()
x