फित्काैली डटकमसाहित्य सराेवरकाे ५७ औँ शृङ्खला महाकवि देवकाेटा विशेष
प्रमुख अतिथि डा. रमेश शुभेच्छु, विशेष अतिथि नरनाथ लुइँटेल तथा अतिथिहरूमा कवि तथा शिक्षक हरि पाैडेल, कवि निसान निस्कर्ष र खगेन्द्र दाहाल एवम् मेरीहेाम मन्टेश्वरीका शिक्षिका हुनुहुन्थ्याे ।
काठमाडाैं । चन्द्रागिरि साहित्य सराेवरकाे नियमित ५७ श्रृङ्खला तीनथाना स्थित मुनाल क्लवकाे सभाकक्षमा सम्पन्न भयाे ।
यस पटककाे श्रृङ्खला महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे ११८ अैाँ जयन्तीका रूपमा देवकाेटाप्रति समर्पित गरिएकाे र सदा झैँ राष्ट्रिय गानबाट सुरु भएकाे कार्यक्रममा देवकाेटाकाे तस्विरमा माल्यार्पण गरिएकाे थियाे ।
प्रमुख अतिथि डा. रमेश शुभेच्छु, विशेष अतिथि नरनाथ लुइँटेल तथा अतिथिहरूमा कवि तथा शिक्षक हरि पाैडेल, कवि निसान निस्कर्ष र खगेन्द्र दाहाल एवम् मेरीहेाम मन्टेश्वरीका शिक्षिका हुनुहुन्थ्याे ।
कार्यक्रमकाे सभापतित्व चन्द्रागिरि साहित्य सराेवरका संयाेजक गाेपीचन्द्र कार्कीले गर्नुभएकाे थियाे । उहाँले देवकाेटाकाे उद्वाेधन कवितांश वाचन गरी स्वागत मन्तव्य दिएपछि आरम्भ भएकाे सिजर्ना वाचनमा देवकाेटाका सिर्जना र देवकाेटामै समर्पित सिर्जना प्रस्तुत गरिएकाे थियाे ।
मेरी हाेम मन्टेश्वरी स्बाकूल र ब्राइट फ्युचर माविबाट सहभागी ससाना बालबालिकाले महाककवि देवकाेटाका बाल्य विषयका कविता वाचन गरेका थिए । यसरी वाचन गर्नेमा मेरीहेाम मन्टेश्वरीका छात्र छात्राहरूमा अनुप भुसाल, आयांश लामिछाने, श्रीयसी कार्की, आश्री खनाल, नाईरा शिवाकेाटी, अक्षत आचार्य र सम्पदा आचार्य थिए ।
त्यसैगरी त्यस्तै ब्राइट फ्युचर मा वि का छात्राहरू आराेहा पाैडेल, प्रस्तेाता सिलवाल, प्रदीप्ति पाठक र तपस्या श्रेष्ठले पनि देवकाेटाका सान्दर्भिक बालकविताहरू वाचन गरे ।
कार्यक्रममा स्रस्टाहरू सिर्जना वाचन गर्ने प्राैढ र पाका स्रष्टाहरूमा खगेन्द्र दाहाल, निशान निष्कर्ष, काशीराज सुवेदी, सुदन लुइँटेल, हरिनारायण सुवेदी, सृजना ज्ञवाली, भुमेश्वर पाैडेल, बावुराम तिमल्सिना, हरिशरण आचार्य लगायत हुनुहुन्थ्याे । प्राय सबैका सिर्जना महाकवि देवकाेटामै केन्द्रित थिए ।
प्रमुख अतिथि डा. रमेश शुभेच्छुज्यूले देवकाेटाकाेटाकाे समग्र व्यक्तित्वकाे सार उल्लेख गर्दै मानवतावादी चिन्तनका बारेमा प्रकाश पार्नु भएकाे थियाे । उहाँले देवकाेटा हामीजस्तै मान्छे भए पनि विराट प्रतिभा र दूरदृष्टि राख्ने फरक व्यक्तित्वका धनी हुनुहुन्थ्याे भन्नु भयाे ।
त्यस्तै अर्का पाका स्रष्टा ८० वर्षीय हरिशरण आचार्यले देवकेाटाकाे सुरुवाती जीवनका कवितादेखि पछिल्लाे चरणसम्मका कृतिहरू मर्मस्पर्सी अंशहरू प्रस्तुत गर्नुभयाे भने नरनाथ लुइँटेलले पनि देवकाेटाकाे जीवनप्रसङ्गमा आधारित कविता प्रस्तुत गर्नु भएकाे थियाे ।
काेषाध्यक्ष विमला महर्जन भण्डारीले सञ्चालन गर्नु भएकाे उक्त कार्यक्रमलाइ सदस्य राधेश्याम कार्कीले सहजीकरण गर्नु भएकाे थियेा ।
०००
गाेपीचन्द्र कार्कीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































