साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्घर्षको ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार

गजलकार कमल सङ्घर्षको गजल कृति ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार–२०८२ प्रदान गरिएको छ ।

Nepal Telecom ad

काठमाडौँ ।  गजलकार कमल सङ्घर्षको गजल कृति ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार–२०८२ प्रदान गरिएको छ ।

खस भाषामा लेखिएको उक्त कृति गजल विधामा पुर्‍याएको योगदानका लागि पुरस्कृत भएको हो । पुरस्कारको राशि रु १० हजार रहेकोे छ । पुरस्कारका संस्थापक जे सागरले आज आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभयो ।

सङ्घर्षको ‘हियाका कुडा’ यस पुरस्कारबाट सम्मानित हुने नवौँ कृति भएको कार्यक्रम संयोजक अच्युत घिमिरेले जानकारी दिनुभयो ।

सो पुरस्कार यसअघि २०७४ सालमा आवाज शर्माको ‘इन्द्रेणी’, २०७५ मा टक गुरुङको ‘अनाहत’, २०७६ मा प्रकृति प्रेमीको ‘समीर’, २०७७ मा पुष्प अधिकारी अञ्जलीको ‘हरियो ऐना’, २०७८ मा वसन्त ओली वसन्तीको ‘बोई’ र २०७९ मा प्रदीप रोदनको ‘मफलर’ कृतिलाई प्रदान गरिएको थियो ।

त्यसैगरी, २०८० सालमा यज्ञलाल सुवेदीको ‘शृङ्खला’ र २०८१ सालमा विवश पौडेलको ‘धर्तीको जून’ कृति पुरस्कृत भएका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x