साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घर सम्झेर मुटु बिच्किन्छ

जवानी परदेशमा बगायो, रहर सबै मनमै दबायो। घर फर्कने विश्वासमा, सारा जीवन गुमायो। उफ् ! विदेशिएको जिन्दगी !

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

​भित्र घोचिएको बाण,
छैन कतैबाट त्राण।
तैपनि ओठमा मुस्कान,
घरको सम्झनाले जोगाएको छ ज्यान।
उफ् ! विदेशिएको जिन्दगी !

​आमाको मनमा पीर,
नानी-बाबु भेट्न अधीर।
दशैँमा भारी बोकेको शिर,
उपलब्धि बालुवा मिसेको खीर।
उफ् ! विदेशिएको जिन्दगी !

​नङ्ग्रा खियाएर, आँसु पिएर,
अरूको घर उज्यालो पार्छ,
आफ्नो गाउँघर सम्झिएर।
बाँचेको छ आश लिएर,
उफ् ! विदेशिएको जिन्दगी !

जवानी परदेशमा बगायो,
रहर सबै मनमै दबायो।
घर फर्कने विश्वासमा,
सारा जीवन गुमायो।
उफ् ! विदेशिएको जिन्दगी !

​जति लुकाए पनि पीडा,
रात परेपछि निस्कन्छ।
सपना आएर जिस्कन्छ,
घर सम्झेर मुटु बिच्किन्छ…
उफ् ! विदेशिएको जिन्दगी !

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
0
Would love your thoughts, please comment.x
()
x