लक्ष्मण नेवटियाघर सम्झेर मुटु बिच्किन्छ
जति लुकाए पनि पीडा, रात परेपछि निस्कन्छ। सपना आएर जिस्कन्छ, घर सम्झेर मुटु बिच्किन्छ... उफ् ! दशैंमा विदेशिएको जिन्दगी !
लक्ष्मण नेवटिया :
नानी बाबा भेट्न अधीर
दशैँमा भारी बोकेको शिर
सुख बालुवा मिसेको खीर
उफ्! दशैंमा विदेशिएको जिन्दगी!
भित्र घोचिएको बाण
छैन कतैबाट त्राण
तैपनि ओठमा मुस्कान,
घरको सम्झनाले जोगाएको छ ज्यान।
उफ्! दशैंमा विदेशिएको जिन्दगी!
नंग्रा खियाएर, आँसु पिएर,
अरूको घर उज्यालो पार्छ
आफ्नो गाउँघर सम्झिएर।
बाँचेको छ आश लिएर
उफ्! दशैंमा विदेशिएको जिन्दगी!
जवानी परदेशमा बगायो,
रहर सबै मनमै दबायो,
घर फर्कने विश्वासमा
सारा जीवन गुमायो।
उफ्! दशैंमा विदेशिएको जिन्दगी!
जति लुकाए पनि पीडा,
रात परेपछि निस्कन्छ।
सपना आएर जिस्कन्छ,
घर सम्झेर मुटु बिच्किन्छ…
उफ् ! दशैंमा विदेशिएको जिन्दगी !
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest






































