लक्ष्मण नेवटियासल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन
चोट लाग्दा औषधिको कुरा गर्ने त भेटिन्छन्, चित्तदुख्दा पीडा बुझी मलम दिने कोही छैन। फूल फुल्दा बगैँचाभरि भमराको मेला लाग्छ, पतझडको पीडामा रूखसँग बस्ने कोही छैन।
लक्ष्मण नेवटिया :
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन,
हतियार दिने सयौँ यहाँ, हात दिने कोही छैन।
आफ्नो स्वार्थ पूरा गर्न सबै नजिक आउँछन्,
निःस्वार्थ भइ पीडामा साथ दिने कोही छैन।
कठिनता देखेपछि पाठ पढाउन आउँछन् धेरै,
सँगसँगै त्यो बाटो हिँड्ने आँट दिने कोही छैन।
अघि बढ- अघि बढ, पाठ पढाउने हुन्छन् धेरै,
कुम जोरी सँगै हिँड्न पदचाप दिने कोही छैन,
चोट लाग्दा औषधिको कुरा गर्ने त भेटिन्छन्,
चित्तदुख्दा पीडा बुझी मलम दिने कोही छैन।
फूल फुल्दा बगैँचाभरि भमराको मेला लाग्छ,
पतझडको पीडामा रूखसँग बस्ने कोही छैन।
०००
प्राज्ञ सभा सदस्य, विराटनगर प्रज्ञा प्रतिष्ठान
Subscribe
Login
0 Comments
Oldest






































