शम्भु गजुरेलश्रीखण्डको मुढो नैं भाटो बनेर जान्छ
के जात हो नचिन्ने मान्छेहरू अगाडि श्रीखण्डको मुढो नैं भाटो बनेर जान्छ । आकाश चुम्न खोज्ने त्यो बाँसको उचाई लत्रेर लास बाध्ने साटो बनेर जान्छ ।
शम्भु गजुरेल “कुनाघरे काइँलो” :
यो चोट जिन्दगीको खाटो बनेर जान्छ
फालौं घमण्ड जीवन माटो बनेर जान्छ ।
आकाशबाट झर्दा देखिन्छ प्राण पानी
तप्किन्छ बालुवामा टाटो बनेर जान्छ ।
मैना कराउँदा झैँ गुञ्जाउँदै जमाना
घन्किन्छ आखिरीमा लाटो बनेर जान्छ ।
के जात हो नचिन्ने मान्छेहरू अगाडि
श्रीखण्डको मुढो नैं भाटो बनेर जान्छ ।
आकाश चुम्न खोज्ने त्यो बाँसको उचाई
लत्रेर लास बाध्ने साटो बनेर जान्छ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































