साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढाबुढी समस्तको

लिने गरौँ सबैजना सही विचार तर्कना सधैँ समाज दौडियोस् बुझेर सत्य सिर्जना उदार हुन् बुढाबुढी भविष्यसम्म देखिने समस्तका दिमागमा बसुन् कवै नमेटिने ।।

Nepal Telecom ad

कविराज घिमिरे :

तमास गर्छ जिन्दगी म वृद्ध हो कि होइन
युवा समान जोसको छ चाल भिन्न पाइन
असी कटेँ विचार झन् हुँदै छ मूर्त पाउलो
चढूँ छ चाह शैलमा गरूँ सधैँ रमाइलो ।। १

बुढो हुँदैन कर्मका जरा सशक्त छन् भने
युवा हुनेछ वृद्ध त्यो सदैव आलसी बने
खपी अनेक ताडना बनेर प्रौढ आउँदा
चुरो बुझिन्छ कर्मको जहान ती रमाउँदा ।। २

शरीरका बगान यी मुजाविहीन पाउँदा
विकार क्लेश आपदा भुलेर गीत गाउँदा
कतै न दुख्छ घाउ यो न हुन्छ ख्याल शोकको
अहा ! हुनेछ जिन्दगी बुढाबुढी समस्तको ।। ३

कपाल फुल्छ चोटिलो टलक्क हैम माथमा
सदा प्रसन्न देखिने मुहार हुन्छ गाथमा
सफेद हार दन्तका यताउता हुँदा पनि
जडान फेरि गर्नु नै हुनेछ सौख्य जीवनी ।। ४

अझै निकै भऱ्याङ छन् पछाडि हेर्नु पर्दछ
कडा अगाडि हाँक छन् समाप्त पार्नु पर्दछ
यही अठोट वृद्धले लिए जितिन्छ दौडमा
हरेसका पला सबै निखार्नुपर्छ प्रौढमा ।। ५

लिने गरौँ सबैजना सही विचार तर्कना
सधैँ समाज दौडियोस् बुझेर सत्य सिर्जना
उदार हुन् बुढाबुढी भविष्यसम्म देखिने
समस्तका दिमागमा बसुन् कवै नमेटिने ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
नारी एकल छन् भने सकसमा …

नारी एकल छन् भने...

इन्दिरा प्रयास
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
नारी एकल छन् भने

नारी एकल छन् भने

झाँक्रीखाेले
0
Would love your thoughts, please comment.x
()
x