साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

कौमार्यदेखि शिशु वृद्ध समान देख्ने सत्‌प्रेमको फल हुने इतिहास लेख्ने यस्ता अजेय दरिला मनका प्रधान यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।

Nepal Telecom ad

कविराज घिमिरे :

आकाशका रवि बनी दिनरात खट्छन्
सन्तानका रहरका हरआँत पढ्छन्
हुन्नन् कुनै बखतमा अदना बिराम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।। १

मैला भगाउन पुगे पसिना बगाई
छन् आँट पर्वतसँगै पनि जुध्नलाई
जो वृक्षमा पिपल हुन् तुलसीसमान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।। २

गर्दै सधैँ हित अरूकन बाँच्न पाए
मान्छन् खुसी गजबले भव यो रमाए
यस्ता अलौकिक छटा जति छन् तमाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।। ३

आफ्नो शरीर बसमा नहुँदा अरू झन्
सन्तान खातिर सधैँ मन भाव जाग्छन्
हुन् पोष ओखर सरी सबका मुहान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।। ४

कर्तव्यनिष्ठ हुनु नै अधिकार ठान्छन्
आत्मीय भाव फितलो नगरी रहन्छन्
यस्ता अपूर्व ऋषि हुन् सबका विधान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।। ५

कौमार्यदेखि शिशु वृद्ध समान देख्ने
सत्‌प्रेमको फल हुने इतिहास लेख्ने
यस्ता अजेय दरिला मनका प्रधान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x