साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शक्ति घट्छ व्यक्तिको…

ठान्छ मित्र शत्रुझैँ बसाल्छ शत्रु काखमा पत्रु नै हुनेछ ऊ गिरेर हिँड्छ लाखमा त्याग्नुपर्छ घातका सबै कुरा जबानले शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।।

Nepal Telecom ad

कविराज घिमिरे :

वृद्ध हुन् कि वा युवा समस्त बाल प्रौढ हुन्
फाँटका हिमालका पहाडका जता रहुन्
हुन्छ घात ख्याल होस् गुनौँ विचार ध्यानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।। १

खासमा दिमागको असक्त हुन्छ सम्झना
रोगले अँचेटिँदा अनेक हुन्छ वेदना
श्वासमा अधीनता हुँदैन छोड्छ ज्यानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।। २

बाहिरी रमाइले हुनेछ खर्च दोगुना
सानमान गिर्छ झन् इमान घट्छ चौगुना
छोड्दछन् भलादमी कुचाल दुर्बयानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।। ३

उड्न सक्छ पक्ष के ? अकासमा धुवाँ भए
चल्न सक्छ यान के ? उडाकुव्यक्ति आत्तिए
हेयदृष्टि राख्तछन् समाज वा जहानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।। ४

पात्र हुन्छ ढाँटको गरेर दुष्टसङ्गत
फेर्छ शब्द आत्तिँदै हुँदैन स्वस्थ मस्तक
ज्ञानका कुरा हुँदा उडाइदिन्छ कानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।। ५

ठान्छ मित्र शत्रुझैँ बसाल्छ शत्रु काखमा
पत्रु नै हुनेछ ऊ गिरेर हिँड्छ लाखमा
त्याग्नुपर्छ घातका सबै कुरा जबानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bed Prasad Rijal
Bed Prasad Rijal
4 months ago

कति मिठो !
जय होस्।

Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
1
0
Would love your thoughts, please comment.x
()
x