साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाइँ भर्सेज मपाईं

कहिलेकहिँ हारेपछि आराम हुन्छ। बिश्राम हुन्छ। धेरै काम गर्दाको थकाइ मेटिन्छ। खाएको खानेकुरा पचाउन पनि सजिलो हुन्छ ।

Nepal Telecom ad

उमेश रेग्मी :

“कसैले तपाइँ भनिदियोस नभनिदियोस, आफै मपाईं भन्दै हिड्नुपर्छ”

“तिमी नि तिमी ! आफु स्वयम् लाइ ‘तीस मार खाँ’ भन्दै हिड्ने। कसले गरिदियोस तिम्रो कुरा चाही। अरुको आङ्गको जुम्रा पनि देख्ने अनि आफ्नो ढाडमा हिडेको भैसी चाही नदेख्ने”

“हैन भन्न खोजेको के तिमीले ? हिजोको फुल आजको चल्ला जस्तो, जान्नु तान्नु केहि छैन जे मन लाग्यो त्यहि भन्ने”

“त्यहि नजानेको भएरै होला, यत्रा बिधि जनताले भोट दिएर जिताएको। हामीलाई चल्ला संग दाँज्ने मान्छे आफ्नो गतिको पहिले ख्याल गर्नु। लठ्ठी टेकेर हिड्नु पर्ने बेला भइसक्यो अझै पनि फुर्ति लाउँदै हिड्नु पर्छ”

“बाघ बुढो भए पनि बाघ नै हो बुझ्यौ। तिमीहरु जस्तो स्यालहरु संग के को डर”

“कहिले चल्ला अनि कहिले स्याल भन्दै बेइज्जत गर्छौ बुढा तिमी। फेरी बुढो हड्डी भाँचीएला होस् गर”

“ए तिमीले हड्डी भाँचुन्जेल मेरो हातमा चाही दहि जमेको हुन्छ नि”

“हैन ए बुढा, किन बिनसित्ति निहुँ खोजिरहेको भन्या ? चुनाव एउटा जितेको देखिसक्नु भएन। कति इर्ष्या हो? सक्छौ भने हराउनु नि अर्को चुनावमा। त्यतिन्जेलसम्म जिउंदै रहे त हो”

“के रे, के रे ! जिउंदै रहे त रे ! के भन्ठान्या छ मलाई ? अर्को चुनाव मात्रै हो र, त्यस्ता चुनाव कति लडिन्छन कति हेर्दै जानु। अहिले जिते भन्दै फुर्ति लाउन पर्दैन”

“तिमीहरु जस्तो फुर्ति लाउने हैन क्या म। गाउँलेले भोट दिएर जिताएको छन्। उनिहरुको आश मर्न दिनु हुन्न। म त काम गर्ने हो, विश्वास जित्ने हो। अनि अर्को चोटी पनि जित्ने हो। अब तिमी बुढाहरु सन्यासी बने हुन्छ”

“गर्यौ काम, जित्यौ विश्वास। गर्नु पर्ने जति मैले गरेर सकाइसके। मेरै कामलाई आफ्नो भन्दै जित्यौ यसपाली, अर्को चोटी कहाँ म त्यस्तो गर्न दिन्छु र”

“हैन तिमीले के काम गर्यौ ? अनि मैले तिम्रो कुन कामलाई आफ्नो भने ? अस्तव्यस्त बनाएर छोडेको छ पुरै गाउँलाइ। काम गरे भन्न अलि कति लाज लाग्दैन ?”

“कत्ति गरया छ कत्ति काम। यो गाउँमा विकास लेरायेकै मैले हो। यी विश्वासघाती गाउँलेले मलाई हराए अहिले। मेरो कामहरु यति छिटै बिर्से”

“के काम गर्यौ ? मुखले यो गरे त्यो गरे भन्दैमा गरेको ठहरिन्छ ? गाउँमा मान्छे अन्धा छन् भन्ठान्याछौ कि क्या हो बुढा ?”

“गाउँमा आउने पुल कसले बनायो ? यहासम्म आउने बाटो कसले बनायो ? कुरा बुझ्नु पहिले”

“पुल बनायो कि पुल बनाउने निहुमा शहरमा घर बनायो, त्यो सबैलाई थाहा छ बुढा। बरु कति घिच्यौ भनन”

“भन्न के खोजेको तिमीले ? मैले भ्रष्टाचार गरे ?”

“नगरेको भए त चुनाव जिती हाल्थ्यौ नि”

“मुखमा जे जे आयो त्यहि त्यहि बोल्ने होइन है भनिदिएको छ। मैले भ्रष्टाचार गरें भन्ने प्रमाण के छ ? कस्तो गाउँलाइ मैले अहिले यस्तो बनाए, उल्टै मलाई भ्रष्टाचारी पो भन्छ यो”

“यो गाउँ पहिला जस्तो थियो अहिले पनि उस्तै छ। के चाही बनायौ तिमीले ? बरु अब म बनाउछु। हेर्दै जाउ, विकास के लाइ भन्छन सिक्नु तिमीले पनि। यत्रा बर्ष चोर बिद्या सिक्दै बस्यौ”

“अब चोरको उपाधि पनि थप्यौ ? यहि एउटा बाँकि थियो हैन कि अरु पनि छन् थप्न बाँकि उपाधिहरु ? एउटा जितले लेराएको यो घमण्ड तुहिन धेरै बेर लाग्दैन बाबु। होश गर्नु”

“मैले होइन बुढ। अब तिमीले चाही होश गर्नु। म त जितेको मान्छे। एक एक गरेर छानबिन गर्ने हो तिम्रो कर्तुतहरु। प्रमाणित भएपछि बुढो सुढो केहि भन्दिन। लगेर जाक्ने हो खोरमा”

“३० बर्ष राज गरेको हो यो गाउँमा, तिमीले खोरमा जाक्ने बेलामा हेरिरहन्छन नि यहाँका गाउँलेले। मेरा पनि छन् मान्छेहरु। तिमीहरु जस्ता चल्लाहरु कुल्चिन त्यति गाह्रो पनि हुँदैन। बरु बाटो हिड्दा संभालियेर हिड्नु”

“धम्कि दिएको मलाई ?”

“जे सोचे नि हुन्छ। लातको भूतलाई बातले मान्दैन भन्थे अब त्यसै गर्नु पर्ने भएपछि त्यहि सहि”

“हारेको मान्छेले जितेकोलाई धम्कि दिने ! सुहाउने कुरा हो ? त्यो पनि यस्तो बुढोले”

“बुढा बुढा नभनी राख है। झोक चल्ने गरेर”

“बुढालाई बुढा नभनेर के भन्ने त ? हिन्दी सिनेमाको हिरो ? गालाको चाउरिमा भंगेराले गुँड बनाउने बेला भइसक्यो, अझै आफुलाई तरुनो सम्झन्छ। काशीतिर गएर भजन गर्दै बस। सिद्धे तिम्रा दिनहरु। जति घिच्नु छ, घिची सक्यौ। १०-१२ पुस्तालाई पुग्ने थन्क्याई हाल्यौ होला अब के को शुर्ता। पाप धुँदै बस्नु त्यतै”

“म कहाँ जाउँ के गरु तिमीलाई के मतलब। फेरि मेरो कमाइमा आँखा गाढ्ने तिमी को ? जति पुस्तालाई पुग्ने कमाए पनि आफ्नो मेहेनतले कमाएको हो क्या रे”

“कमाउँछौ आफ्नो मेहेनतले। लुटतन्त्र मच्चाएर गाउँको सम्पत्ति स्वाहा पारेको बिर्स्यो भन्ठानेको कि क्या हो ? जुका जस्तो चुस्या छ चुस्या छ गाउँलेको रगत। हैन अझै अघाएको छैनौ भन्या ?”

“मलाई के को जुका भन्छौ। जुका त तिमी नै हौ बरु। गाउँलेको आलो रगत देखेर चुस्न आतुर भएको। त्यो लोभ नभएको भए, धाँदली गरि गरि चुनाव जितेर किन आउँथ्यौ र ।”

“म रगत चुस्न आएको होइन। तिमीहरु जस्तो गाउँको शरिरमा टाँसिएको जुकालाइ उखेलेर फाल्न आएको। कुरा बुझ। आफै झरेर गएको राम्रो, मैले उखेल्नु पर्यो भने त टुक्रा टुक्रा पार्ने हो”

“पार्यौ टुक्रा टुक्रा। आफै चाही टुक्रा टुक्रा भएर तितर वितर हुन्छौ यस्तो सिङ्गेजोरि खेल्दा खेरि। गाउँलेले पनि के देखेका हुन् यस्तो मान्छेमा कुन्नि। लाटा देशमा गाँडा तन्नेरी भन्या जस्तै ठ्याक्कै मिल्याछ”

“गाउँले लाटा पहिला थिए त्यसैले तिमीले उनिहरुको फाइदा उठायौ तर अहिले उनीहरु बाठा भइसकेका छन्। पुरानै दिन सम्झेर मन लाग्दो गर्ने दु:स्वप्न त्यागे हुन्छ अब बुढा तिमीले। तिम्रो नाम त ‘चोर’ को पर्यायवाची बनिसकेको छ। के फुर्ति लाउँछौ। नपत्याए सोध गएर गाउँलेलाइ। घरमै चोर पालेर राखेका रहेछन यत्रो समय सम्म। उनिहरुको खुलेको आँखा अब बन्द हुँदैन बुझ्यौ”

“ति आँखा भएका अन्धाहरुको आँखा खुले पनि बन्द भए पनि मलाई के फरक पर्छ। यि गाउँले भेडाहरु मैले उठ भने उठ्छन, बस भने बस्छन। यस्ताहरुको कुरा गरेर मलाई तर्साउन खोज्दो रहेछ। नाथे एउटा छुसी जिताइले लेराएको कत्रो फुर्ति। राजनीति हो यो। तिमीलाई के थाहा, हारको पछाडी पनि राजनीति हुने कुरा। कहिलेकहिँ हारेपछि आराम हुन्छ। बिश्राम हुन्छ। धेरै काम गर्दाको थकाइ मेटिन्छ। खाएको खानेकुरा पचाउन पनि सजिलो हुन्छ, चिकित्सकले समेत त्यहि भन्छन् ।”

“ए हारेर बस्दैमा तिम्रो कालो कर्तुतहरु हराउँछन भन्ठानेको होला, त्यस्तो भ्रममा चाही नबस्नु। एक एक गरि उदाङ्गो पार्ने हो सबै”

“खान नपाउञ्जेल सम्म मात्रै हो यो फुर्ति। एक चोटी खाएपछि देखिन्छ तिम्रो पनि चुरी फुरी फुस्स भएको”

“एक बर्ष भएछ कुर्शि सम्हालेको पनि। कति चाडै समय बित्यो”

“अनि कस्तो रह्यो त अनुभव ? चुरी फुरी उस्तै छ कि केहि परिवर्तन भयो ? मेरा कर्तुतहरुको छानबिन त भइरहेको छ होला हैन ?”

“हा हा, के कुरा गरया होला दाइले ? ठट्टा गर्न त दाइलाई कसैले जित्न सक्दैन”

“अहिले त भाइले पनि ठट्टा गर्नु भयो लौ। ल सँगै हाँसौ”

“हा हा हा हा हा हा”

०००
लन्डन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीतिक खेती : संसारकै सर्वाधिक उन्नत खेती

राजनीतिक खेती : संसारकै...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
कुकुर भुके हजार !!

कुकुर भुके हजार !!

पुन्य कार्की
अन्तर्द्वन्द्व

अन्तर्द्वन्द्व

फित्काैली डटकम
कुकुरको भाषा

कुकुरको भाषा

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x