साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्द्वन्द्व

"हजुर....! यो चाडबाडको बेला,केही त कृपा गरिदिनुहोस्...!" पसलेले बिनती गर्‍यो । उसले तुरुन्तै आफ्नो तीखो नजरले कोठाको कुनामा संकेत गर्‍यो ।

Nepal Telecom ad

देवीप्रसाद थापा ‘मामा’ :

“कस्तो गडबड ! हेर त ! यो के हो ? यी रासायनिक पदार्थबाट निस्कने झिंगाको गुञ्जायमान र गन्ध…..। विष्ठाको दुर्गन्धभन्दा कम छैन ।”

अधिकारीको कडा व्यवहार र पसललेको कोमल व्यवहारको अन्तर्द्वन्द्व भइरहेको थियो ।
अधिकारीले पसलेलाई हप्काउँदै भने, “कृपया ! हामीलाई हाम्रो काम गर्न दिनुहोस् ।”

“हवस् हजुर ! हवस्,” पसले उत्तर दिए ।
अधिकारीले टोलीका सदस्यहरूलाई आदेश दिए,”सबै खानेकुराहरूको नमूना लिनुहोस् । यो पसल तुरुन्तै सिल गर्नुपर्छ ।”

“हजुर….! यो चाडबाडको बेला,केही त कृपा गरिदिनुहोस्…!” पसलेले बिनती गर्‍यो ।
उसले तुरुन्तै आफ्नो तीखो नजरले कोठाको कुनामा संकेत गर्‍यो ।

अधिकारीले पसलेलाई चेतावनी दिँदे भने, “श्रीमान् ! “यस पटक माफी भयो ।”
यतिबेला दुबैका ओठहरूमा हल्का मुस्कान देखा परे ।

यता स्वस्थ्यटोली बाहिर निस्किए ।
उता मृत्युको मसीहा काउन्टर सम्हाल्दैथ्यो ।

बडो कन्फ्युज पो भयो ! आन्दोलन गर्ने कि आन्दोलनलाई लखेट्ने हो ?!

०००
मणिपुर, भारत ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x