फित्काैली डटकमरिजालका घरदलानमा घरदलान काव्यगोष्ठी गाेष्ठी सम्पन्न
शिक्षा सेवी तथा शनिश्चरे क्याम्पसका पूर्व प्रमुख मोहन ओलीको अध्यक्षता, कवि हरिप्रसाद रिमालको प्रमुख आतिथ्यमा गाेष्ठी सम्पन्न भएको हाे ।
झापा । घरदलान साहित्य, बुद्धशान्ति’ झापाले शनिश्चरे लक्ष्मीप्रसाद रिजालका घरदलानमा आयोजना गरेको भव्य काव्यगोष्ठी सार्थक गाेष्ठी सम्पन्न भयो ।
एउटा कृतिको समीक्षा गरेर कार्यक्रम सुरु गर्ने परिपाटीअनुसार कवि पुण्य बरालको कविता कृति ‘पुण्य बरालका कविता’ नामक कृतिको जय भण्डारीले गरेको समीक्षा उहाँको उपस्थिति नभएका कारण गणेश निरौलाबाट वाचन भएर कार्यक्रम सुरु भयो ।
शिक्षा सेवी तथा शनिश्चरे क्याम्पसका पूर्व प्रमुख मोहन ओलीको अध्यक्षता, कवि हरिप्रसाद रिमालको प्रमुख आतिथ्य, हरिनारायण भट्टराई, चन्द्र भण्डारी, दुर्गाप्रसाद सिग्देल, कृष्ण बराल, अभागी थेगुवा, पुण्यप्रसाद खरेल, तुलसीप्रसाद भट्टराई, पुरुषोत्तम खतिवडा, तोयानाथ रेग्मी, जानुका रेग्मी, सागर योङहाङ आदिलाई विशिष्ट आतिथ्य गराएर कार्यक्रम अघि बढ्यो ।
सृजा रिजालबाट स्वागत तथा घरधनी लक्ष्मीप्रसाद रिजालबाट सञ्चालन भएको कार्यक्रममा कविहरु सोधन रिजाल, काव्य रिजाल, पुरुषोत्तम खतिवडा, हरिनारायण भट्टराई, पुष्प काफ्ले, धनबहादुर श्रेष्ठ, पुण्य बराल, हरिनारायण खतिवडा, शिवकुमार पौडेल, वसन्त तिमसिना, चन्द्र भण्डारी, मोहनप्रसाद तिमसिना, दुर्गाप्रसाद सिग्देल, कमल कोइराला, तुलसीप्रसाद भट्टराई, प्रकाशचन्द्र नेउपाने, जानुका गुरागाईं, कालीबहादुर थापा, पदम निरौला, माधव तिमसिना, बेनु पनेरु, अर्जुन पाण्डे, गोविन्द रिजाल, राजेन्द्र रिजाल, लीलानाथ खनाल, कृष्णप्रसाद मिश्र, निर्मला दाहाल, जयनारायण अधिकारी, सिन्धु निरौला, नारायण पराजुली, कुमार भट्टराई, भूवन तामाङ, हेमराज अधिकारीले कविता सुनाउनु भयो । आख्यानकार पुण्यप्रसाद खरेलले कथा सुनाउनु भयो भनेदेखिन् घरदलानका मुख्य व्यक्ति गणेश निरौलाले महाकवि दवकोटाबारे केही जानकारी गराउनु भयो ।
प्रमिला पोखरेल, तारा भट्टराई, देवीध्वज योञ्जन, हरिप्रसाद काफ्ले, शिव सेढाईं, उषा अधिकारीले बीचबीचमा मिठा गीत सुनाएर कार्यक्रमलाई रोचक बनाउनु भयो । प्रमुख अतिथि हरिप्रसाद रिमालले मन्तव्यसहित राम्रो बालकविता सुनाउनु भयो भने अध्यक्ष मोहन ओलीले कार्यक्रममा उपस्थित सबैप्रति आभार तथा कृतज्ञता प्रकट गर्दै आजको कार्यक्रमको समापन गर्नुभयो ।
कार्यक्रम सकिएपछि सहभागी सबैलाई आजको घरदलानका आयोजक लक्ष्मीप्रसाद रिजालले भव्य जलपान गराउनु भयो ।
०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































