साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथा वाचन गर्ने मासिक कार्यक्रमको ३५ औँ श्रृङ्खला सम्पन्न

पुष्कर लोहनी तथा चन्द्रप्रसाद भट्टराईको परिकल्पनामा २०८० साउनदेखि शुरु हुँदै आएको कार्यक्रम कार्यक्रम  कथाकार पुष्कर लोहनीको निवास घट्टेकुलोमा प्रत्येक महिनाको अन्तिम शुक्रवार हुने गरेको छ।

Nepal Telecom ad

नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत दशक- दशकका कथा वाचन गर्ने मासिक कार्यक्रमको ३५ औँ श्रृङ्खला कार्तिक २७ गते शुक्रवार सम्पन्न भएको  छ।

साहित्यकारद्वय पुष्कर लोहनी तथा चन्द्रप्रसाद भट्टराईको परिकल्पनामा २०८० साउनदेखि शुरु हुँदै आएको कार्यक्रम कार्यक्रम  कथाकार पुष्कर लोहनीको निवास घट्टेकुलोमा प्रत्येक महिनाको अन्तिम शुक्रवार हुने गरेको छ।

यस  श्रृङ्खलाकाे कार्यक्रममा कथाकारहरू हिरण्यकुमारी पाठक तथा विष्णुप्रसाद शर्मा पराजुलीले आ-आफ्ना कथा वाचन गरेका थिए।

कथाकार हिरण्यकुमारी पाठकले आफ्नो कथासंग्रह ‘दु:स्वप्न’ बाट ‘खोसिएको खुशी’ शीर्षकको कथा वाचन गरेकी थिइन्। कथाकार विष्णुप्रसाद शर्मा पराजुलीले आफ्नो कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’बाट ‘पेमा’ शीर्षकको कथा वाचन गरेका थिए।

कथाकार पाठकले वाचन गरेको कथा ६०को दशकको हो भने कथाकार पराजुलीले वाचन गरेको कथा ७० को दशक हो।

कथा वाचनपछि श्रोताहरूले राखेका जिज्ञासामा कथाकारद्वयले आ-आफ्नो भनाइ राखेका थिए। जिज्ञासा राख्नेहरूमा मधुवन पौडेल, श्रीरामसिंहबस्नेत, महेन्द्र चालिसे, सुभाषचन्द्र पौडेल’भीमफेदीया’, निर्मला ढुंगाना, प्रार्थना खनाल, गोविन्द दाहाल तथा रश्मि रिमाल रहेका थिए।

सदा झैं दिवंगत भइसकेका स्रष्टाको कथा वाचनबाट शुरु हुने कार्यक्रममा रमेश विकलको कथा ‘सिंगारी बाख्रा’ कथाकार इन्दिरा प्रसाईले वाचन गरेका थिइन्। उक्त कथा २०१८ को शारदा मासिक वर्ष २६ संख्या ४ मा प्रकाशित कथा हो।

परिकल्पनाकार पुष्कर लोहनीले नेपाली साहित्यको इतिहास कोट्याउँदै १९९१ देखि शुरु भएको नेपाली साहित्यको चर्चा गरेका थिए। २०१३ सालदेखि नै लेखन यात्रा शुरु गरेको बताउँदै उनले २०१६ सालदेखि कथा लेख्न थालेको बताए। कथाकारहरू रमेश विकल, विजय मल्ल तथा प्रेमा शाहको कथा लेखनको प्रसङ्गमा उनले संक्षेपमा प्रकाश पारेका थिए। कथामा मानसिक द्वन्द्व आउनुपर्छ भन्ने उनको भनाइ थियो।

कार्यक्रमका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य राख्दै कथा विधा नेपाली साहित्य मात्र नभई विश्व साहित्यकै मुख्य खम्बा भएको बताए।कार्यक्रममा हालसम्म दशको दशकदेखि सत्तरीको दशकसम्मका कथाहरू वाचन भइसकेको बताउँदै पुराना र नयाँ स्रष्टा बीच चिनजान,पठन परम्परा र संस्कृति कायम राख्ने उद्देश्य राखेर पुनर्जागरण अभियान शुरू गरिएको बताए।

परिकल्पनाकार भट्टराईले कथाकारद्वयको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै कथाकारहरू हिरण्यकुमारी पाठक तथा विष्णुप्रसाद शर्मा पराजुलीका कथाकारिताका बारेमा समेत छोटो मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन उपन्यासकार शुकदेव उपाध्यायले गरेका थिए।

०००
समाचार श्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x