फित्काैली डटकमअभिनव साहित्य समाजकाे २९८ औं शृङ्खला : देवकाेटा जन्मजयन्ती विशेष
समाजका उपाध्यक्ष विमल अर्यालकाे सभापतित्व, पूर्व महानिर्देशक भूमिसुधार विभाग तथा पूर्व गुठी संस्थानका अध्यक्ष शम्भुप्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्य रहेकाे थियाे ।
काठमाडाैं । अभिनव साहित्य समाजकाे २९८ औं शृङ्खला अन्तर्गत यस वर्षकाे हरि अभिनव पुरस्कार तथा कदर पत्र संशाेधन मण्डललाई अर्पण गरिएको छ।
महाकवि देवकाेटाेकाे ११८ औं जन्मजयन्ती विशेष र नियमित मासिक कवि गाेष्ठी सम्पन्न भएकाे छ । समाजका उपाध्यक्ष विमल अर्यालकाे सभापतित्व, पूर्व महानिर्देशक भूमिसुधार विभाग तथा पूर्व गुठी संस्थानका अध्यक्ष शम्भुप्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्य रहेकाे थियाे ।
गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, संविधान सभा सदस्य तथा पूर्व प्रदेश मन्त्री रामेश्वर फुयाल, शीतल गिरी, प्रह्लाद पाेखरेल , पुरुषाेत्तम दाहाल, मञ्जु केसी प्रधान, नरेन्द्रराज पाैडेल लगायतकाे विशेष आतिथ्य, सचिव मेनका पाेखरेलकाे उद्घाेषण, सदस्य दिलीप अर्यालकाे स्वागत मन्तव्यबाट साे कार्यक्रम सुरु भएकाे थियाे ।
संशाेधन मण्डलका प्रतिनिधि प्राज्ञ दिनेशराज पन्तलाई उपराेक्त ज्याे. हरिप्रसाद घिमिरेकाे नाममा स्थापित पुरस्कार हस्तान्तरण गरिएकाे थियाे । उक्त पुरस्कार नगद रू ३० हजार र दोसल्ला सहित सम्मानपत्र रहेको थियो ।
महाकवि देवकोटा र ज्याे. हरिप्रसाद घिमिरेकाे तस्विरमा माल्यार्पण गरिँदै कविता वाचनबाट कार्यक्रम अघि बढेकाे थियाे । समाजका अध्यक्ष गाेविन्दप्रसाद घिमिरे वेदमणिले महाकवि देवकाेटा, हरिप्रसाद घिमिरे र अभिनवकाे विषयमा बाेल्दै समग्र कविताकाे मूल्याङ्कन र धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।
कविता वाचन गर्नेहरूमध्येबाट दिवाकर न्यौपाने , कविराज घिमिरे,भावना न्याैपाने, सुशील राजाेपाध्याय र ध्रुवराज थापा पुरुषलाई उत्कृष्ट रचना प्रस्तुत गरे वापत प्राेत्साहन पुरस्कार प्रदान गरिएकाे थियाे । अन्य कविता वाचन गर्नेहरूमा सुरेशचन्द्र घिमिरे, पदम दाहाल, च्यवन बस्नेत, कृष्णप्रसाद पाैडेल, निर्मलरमण पराजुली, एनबी जनकपुरी, पुनम घिमिरे, ओमप्रसाद काेइराला, डा. पुरुषाेत्तम श्रेष्ठ, रत्ननिधि रेग्मी, ठाकुरप्रसाद खतिवडा, सुशील आचार्य, द्वारिका चालिसे, महेश्वर खनाल, दुर्गा घिमिरे शर्मिला तिमल्सिना, जीत कार्की, कृष्णप्रसाद नेपाल, गाेपाल बराल, घनश्याम प्रसाई, वासुदेव पाैडेल, डा. शेखर अर्याललगायतका थिए ।
०००
शब्दपथकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































