साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान

यिनैका आस्थाले अथकसँग डटी काव्यका द्वार खोल्छन् छिपेका मात्रै हुन् अमर कवि बने स्वच्छताका मुहान कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान ।।

Nepal Telecom ad

कविराज घिमिरे :

थियो ठन्डी हल्का ऋषिमन कुटिया दिव्य जाज्वल्य शान्त
त्यहीँ जन्मे यौटा सविनय मनका साँझ पारेर कान्त
तिनै बन्छन् उम्दा अतुलमन हुँदा दङ्ग पर्छन् जहान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान ।। १

ससानैमा आफ्नो गहनतम प्रभा छर्न थाले समस्त
नलेखी के बस्थे हरपल रहने काव्य खोपेर व्यस्त
विदेशी हल्लिन्थे मनमगज बुझी चेतनाको जडान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान ।। २

तुरुन्तै झाङ्गिन्छन् खुरुखुरु बलिया शब्दका पुष्पघारी
छरिन्छन् ती आफैँ सललल कविता बग्दछन् छाल मारी
बनाए आफैँले दश-दिनबिचमा त्यो महाकाव्य यान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान ।। ३

हराई आफैँमा तहतह गहिरी काव्यका पत्र बुन्न
अरू को सक्लान् खै ! मदनरिपु बनी छन्दका हार उन्न
यिनै पेवा हाम्रा घरघर रहने माइतीका निसान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान ।। ४

नलेखेका लेखे कतिपय अभिधा मर्म तोड्ने स्वतन्त्र
गरे मन्त्री बन्दा विविध बहु क्रिया लोकका निम्ति यन्त्र
अनेकौँ पीडामा जकडिनु यिनको जन्मकै हो चलान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान ।। ५

यिनैका पत्यारा कतिपय कविले दिव्य साहित्य घोल्छन्
यिनैका आस्थाले अथकसँग डटी काव्यका द्वार खोल्छन्
छिपेका मात्रै हुन् अमर कवि बने स्वच्छताका मुहान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
कुनै छैनन् महान् देवकोटा समान

कुनै छैनन् महान् देवकोटा...

रामशरण न्याैपाने
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
अक्षर रोदन

अक्षर रोदन

हिरा भट्ट
अर्को स्वर्ग

अर्को स्वर्ग

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x