साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैँ ज्येष्ठसाथ !

सयौँ वर्ष बाँचुन् सुनिस् के त काल ? हटुन् जो विपत् यी खडा देख्छु हाल सबैसाथ रम्दै उँचो पार्न माथ दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।

Nepal Telecom ad

कविराज घिमिरे :

उनैले बढाए उनैले पढाए
समाती पियाए उनैले हिँडाए
छ आशा उनैको बुता ह्याउ एक
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।। १

छ चाला अनौठो रिसाएँ भने म
खुसी बाँड्न थाल्छन् अँध्यारो बने म
रुनै छोड्न थालेँ रिसानी अजात
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।। २

म पुन्टे हुँदा जो तिनै साथ पाएँ
छ आत्मा उनैको बुझी यो रमाएँ
रहुन् वृद्धवृद्धा नहोऊँ अनाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।। ३

भवानी र दुर्गा पुजेको म देख्छु
मिठो मालश्रीको सुगाना म सुन्छु
छहारी उनैको मिलेको छ खास
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।। ४

म जाऊँ धराको अनेकौँ कुनामा
सधैँ सम्झना होस् बुबा वा मुमामा
म मेरो नदेखूँ उनैको छ हात
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।। ५

सयौँ वर्ष बाँचुन् सुनिस् के त काल ?
हटुन् जो विपत् यी खडा देख्छु हाल
सबैसाथ रम्दै उँचो पार्न माथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x