दीनानाथ पाेखरेलदसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ
कला छन् हजारौँ खटी टिप्न थाले । बडाका हियामा खुसीदीप बालूँ ॥ यही कर्म बोके उँभो चढ्छ माथ। दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।
दीनानाथ पोखरेल :
जहाँ ज्येष्ठ हुन्छन् त्यहीँ हुन्छ ज्ञान ।
धराका उज्याला रहून् ज्येष्ठ शान ॥
खुली ज्येष्ठ बाँड्छन् उज्यालो प्रक्राश ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।०१।।
सिकूँ नित्य केही कला शिल्प सोधी ।
चढूँ उच्चतामा नयाँ मार्ग खोजी ॥
गरी कर्म राम्रा उकासूँ समाज ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।०२।।
लिऊँ ज्येष्ठ आशिष् उठोस् चेतमाथि ।
बनूँ ज्येष्ठको योग्य प्यारो म साथी ।।
यही कृत्य पक्रे उँचो हुन्छ माथ ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।०३।।
जहाँ ज्येष्ठ दुख्छन् त्यहीँ बढ्छ टन्टा ।
छ झर्को नजाती सधैँ बढ्छ लन्ठा ।।
नियालेर हेरूँ स्वयम् ज्येष्ठ गाथ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।०४।।
कला छन् हजारौँ खटी टिप्न थाले ।
बडाका हियामा खुसीदीप बालूँ ॥
यही कर्म बोके उँभो चढ्छ माथ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।०५।।
०००
सुम्बेक, इलाम-२, इलाम
Subscribe
Login
0 Comments
Oldest






































