साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्नेहले हँसाउने बुबामुमा सुखी रहून्

खुल्छ सौख्य मार्ग त्यो पुजेर नित्य अग्रज । अनन्त प्राप्ति भेटिने अनन्त खुल्दछन् व्रज ।। दर्द कष्ट चेतका यहाँ कुनै कतै नहून् । स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

कृत्य कर्म पक्रिए सदैव हुन्छ फाइदा ।
प्राप्ति टिप्न पाउँदा खुसी चुलिन्छ काइदा ।।
पूर्ण प्राप्ति कर्मका सदैव वृद्धिमा रहून् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।०१।‌।

खट्दथे सधैँ उनै बढेँ म लाड प्यारमा ।
कर्म योग्य पक्रँदै पुगूँ म दिव्य द्वारमा ।।
योग्य व्यक्ति हो भनी समस्त लोकले कहून् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।०२।।

बाल्यकाल सौख्यको बनाउँदै उँभो चढे ।
दु:ख कष्ट फ्याँक्न ता अनेक कर्ममा बढे ।।
ईश तुल्य व्यक्ति हुन् कुनै तनावमा नहुन् ।
स्नेहले हँसाउने बुबासमुमा सुखी रहून् ॥०३।।

भोक रोग झेल्दथे हँसाउँथे स्वसन्तति ।
राख्न नित्य हर्षमा बढाउँथे स्वयम् गति ।।
सान मान पस्कियून् विनम्र भाव पक्रियून् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।०४।।

खुल्छ सौख्य मार्ग त्यो पुजेर नित्य अग्रज ।
अनन्त प्राप्ति भेटिने अनन्त खुल्दछन् व्रज ।।
दर्द कष्ट चेतका यहाँ कुनै कतै नहून् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।०५।।

०००
सुम्बेक, इलाम नपा-२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x