दीनानाथ पाेखरेलआधार ज्येष्ठको होस् साथी बनाेस् समाज
भागोस् सधैँ नराम्रो उल्लास बढ्छ भारी । जागौँ मिलेर हामी छन् कृत्य जे सुधारी ॥ बन्छन् सुदिव्य आफैँ छन् कृत्य कामकाज । आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।
दीनानाथ पोखेल :
आकार सौम्य आभा खुल्दै रहून् प्रशस्त ।
हाँसेर बाँच्न सक्ने आधार होस् समस्त ॥
खुल्दै सुरम्य आभा नौला छरून् प्रभाव।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।०१।।
चौडा बनून् सबैका अग्ला विशिष्ट छाती।
चढ्ने हतार गर्दै अग्लो अकासमाथि ।।
भर्दै उठौँ सबैले सत्कर्ममा सुभाव ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।०२।।
उत्थान गर्न सक्ने बाटो खनी रमाऊँ ।
सेवा गरी नथाक्ने सत्कर्म छन् जमाऊँ ।।
सद्भ्रान्ति दिव्य राख्ने चौडा चुनूँ दराज ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।०३।।
उल्लास भर्न सक्ने हामी बनौँ सहारा ।
रम्छन् खुलेर हाँस्छन् चल्दा सुखी गुजारा ।।
मेटेर स्वार्थ जम्मै फ्याँकौँ थुती खराब।
आधार ज्येष्ठको होस् साथी बनोस समाज ।।०४।।
भागोस् सधैँ नराम्रो उल्लास बढ्छ भारी ।
जागौँ मिलेर हामी छन् कृत्य जे सुधारी ॥
बन्छन् सुदिव्य आफैँ छन् कृत्य कामकाज ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।०५।।
०००
सुम्बेक, इलाम ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest






































