साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारी एकल छन् भने

तातो ग्रीष्म सही छ पाइन दिने कर्तव्य जिम्मा लिऊन् रातो घाम चुसी रसाइन मिली काला बिखादी पिऊन् हाँडीभित्र जुटी पटट्ट बमका पड्की धमाका फुटून् नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् ।

Nepal Telecom ad

झाँक्रीखोले :

छोरी माइतकी जसै घर गई दोस्रो चुनौती खपिन्
कन्याले पतिको स्वयंवर थपी सर्वस्व स्वामी जपिन्
पत्नी गर्भवती र सत्यव्रतको तृष्णा निदाई सुतून्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् ।।१

एक्ल्याए पछुतो कुनै नियतले पत्नी रुने पात्र हुन्
बिच्छेदी मुटु छन् भने दमितका लोग्ने खुनी मात्र हुन्
निद्रा भोक दिए जमानत हिजो फिर्ता लिनेमा जुटून्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् ।।२

नानीका पतिका तथा प्रकृतिका चेलीहरू सास हुन्
ज्यालाहीन भए अनाथ र रुने प्रायोजिता दास हुन्
यी हुन्नन् पहिलो जतै पुरुष छन् दोस्रा चिनारी जुटून्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् ।।३

हेपिन्छन् करमा ठुला शहरमा गोदाममा दाममा
पेलिन्छन् डरमा कतै अभरमा वेश्या प्रथा काममा
एक्लो जीवनका बडा दमनमा छन् दुष्ट देखी फुटुन्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् ।।४

छोरो पाइदिए भने अलिकता सन्तान आशा भयो
छोरी जन्मिनुमा न दोष तिनको अन्याय कस्तो छ यो ?
हेला छन् घरमा न पोइल हिडून् ? यो भेदपर्दा कुटून्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् ।।५

तातो ग्रीष्म सही छ पाइन दिने कर्तव्य जिम्मा लिऊन्
रातो घाम चुसी रसाइन मिली काला बिखादी पिऊन्
हाँडीभित्र जुटी पटट्ट बमका पड्की धमाका फुटून्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् ।।६

०००
झापा
२०८३।०७।१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x