साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यो लोक पुण्यगृह पार्न तिनी उदाए हाम्रो भविष्य उजिल्याउन जम्जमाए त्यो त्यागनिम्ति बदला दिनुपर्छ काम यी ज्येष्ठनागरिकमा छ सदा प्रणाम।।

Nepal Telecom ad

‘झाँक्रीखोले’ :

वृद्धायु हुन्छ भयको मनरोग चोट
सन्तानदृष्टि कम हो कि ! रहन्छ खोट
जे शोक पर्न नदिनू तिनमा तमाम
यी ज्येष्ठनागरिकमा छ सदा प्रणाम।।१

आराधना गर उठी शिव,विष्णु,कृष्णा
वंशी बजाउनु परे गर ध्यान कृष्ण
वृद्धालु तुष्ट रहने गरियोस् सुकाम
यी ज्येष्ठनागरिकमा छ सदा प्रणाम।।२

सेवा गरे श्रवणले उपकार धेर
आमाबुबाप्रति ऋणी विनयी बनेर
पाऊन् कृतार्थ हुन वा परमार्थ धाम
यी ज्येष्ठनागरिकमा छ सदा प्रणाम।।३

छोरा गणेश शिवजी पुरु वा ययाति
सद्भक्ति वृद्धगणमा गुणको प्रशस्ति
गाई सुसन्तति उठून् हुनुपर्छ राम
यी ज्येष्ठनागरिकमा छ सदा प्रणाम।।४

यो लोक पुण्यगृह पार्न तिनी उदाए
हाम्रो भविष्य उजिल्याउन जम्जमाए
त्यो त्यागनिम्ति बदला दिनुपर्छ काम
यी ज्येष्ठनागरिकमा छ सदा प्रणाम।।५

०००
झापा
२०८३।०३।२१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x