साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधार ज्येष्ठको होस् साथी बनोस् समाज

साँच्चै विकास ल्याऊँ फड्को हजार मार्दै । सम्पूर्ण कार्य गर्ने पट्ठा अगाडि सर्दै ।। आज्ञा लिएर आऊ देऊ युवा निकास । आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।

Nepal Telecom ad

मुक्ति अस्तित्व :

यो देश अग्रगामी तर्दै जँगार तीव्र ।
नेपाल नाम जागोस् संसारमा विचित्र ।।
सत्कर्म कीर्ति पाओस् सम्पूर्ण राष्ट्रमाझ ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। १ ।।

सत्कर्म प्राप्त गर्ने संस्कारमा रहेर ।
सत्कार गर्नु पर्ने विश्वासमा परेर ।।
ती वृद्धबाट सिक्ने अध्याय हुन्छ आज ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। २ ।।

सुन्ने कुरा बुढाको भन्ने भनाइ हाम्रो ।
बच्चा सुधार खाका बन्ने रहेछ राम्रो ।।
माता पिताहरूको आफू बनेर दास ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ३ ।।

दैवीप्रकोप पर्दा पाका बनुन् सहारा ।
जेठा असाध्य ज्ञाता सिक्छन् युवा पियारा ।।
आदेशमात्र पाए चल्नेछ कामकाज ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ४ ।।

साँच्चै विकास ल्याऊँ फड्को हजार मार्दै ।
सम्पूर्ण कार्य गर्ने पट्ठा अगाडि सर्दै ।।
आज्ञा लिएर आऊ देऊ युवा निकास ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ५ ।।

०००
मो. नं. : ९८४२६२५०५७
बिर्तामोड, झापा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
0
Would love your thoughts, please comment.x
()
x