साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

बढे राजनको कुशासन फेर्न नयाँ क्रान्ति गरियो यिनै मतियारहरूको बिचमा झन् चेपुवा परियो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको जलप लगाउँदै, अमृत भन्दै लहैलहैमा काफी मन्दविष छरियो ।

Nepal Telecom ad

कुमार खड्का :

१.
एकै छतमुनि सधैँ चर्केर कराउनुपर्ने हो भने
भिडहरूको बिचमा त्यसै डराउनुपर्ने हो भने
कस्तो समाजमा छौँ हामी सोच्ने बेला भएन र ?
आफ्नै र आफन्तबिचबाट हराउनुपर्ने हो भने ।

२.
ज्ञानीले दुई थोप्ला जोड्दै सरल रेखा बनाउँछ
समस्याको समाधानमा स्वयम् अब्बल जनाउँछ
तीन थोप्लाको ज्यामितीय त्रिभुज र त्रिकोणले,
विवेकपूर्ण समीकरणको तथ्य, तर्क अपनाउँछ ।

३.
अवसरवादी हाटमा फौबन्जारी छुट्टै नाउँ हुँदैन
चेपारेको बेसारे माया सत् चारित्रिक भाउ हुँदैन
के फरक पर्छ पप्पीलाई वस्त्र अथवा निर्वस्त्रले ?
किर्तेको सतरन्जमा इमानको कुनै ठाउँ हुँदैन ।

४.
कानुन भन्ने कुन चरो ? अगुवा नै मिच्ने गर्छन्
रक्षकहरू नदेखेझैँ पैतालाले थिच्ने गर्छन्
मनमौजी व्याख्या हुन्छन्, अविवेकी हगुवाहरूको,
दिनरात भिन्दाभिन्दै कित्ता ल्याप्चे किच्ने गर्छन् ।

५.
बढे राजनको कुशासन फेर्न नयाँ क्रान्ति गरियो
यिनै मतियारहरूको बिचमा झन् चेपुवा परियो
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको जलप लगाउँदै,
अमृत भन्दै लहैलहैमा काफी मन्दविष छरियो ।

०००
आलापोट, काठमाडौं
सद्य प्रकाशि मुक्तक सङ्ग्रहबाट

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
भरत बहादुर बस्नेत
भरत बहादुर बस्नेत
15 days ago

धेरै राम्रो छ भाई,जय होस्।

kumar khadka
kumar khadka
15 days ago

धन्यवाद भिनाजु 🙏

kumar khadka
kumar khadka
15 days ago

धन्यवाद गुरु 🙏

Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
3
0
Would love your thoughts, please comment.x
()
x