कुमार खड्कापाँच ठोक्तक
यता विश्वास टुटेपछि अन्तै भरोसा लाग्न सक्छ पर्यावरण धूमिलतामा सारा दुविधा जाग्न सक्छ हराउँछन् जब विवेक, इमानका खाताहरू, आस्थाको एकाङ्कीले निमेकको बदला माग्न सक्छ ।

कुमार खड्का :
अवसरवादी हाटमा फौबन्जारी छुट्टै नाउँ हुँदैन
चेपारेको बेसारे माया सत् चारित्रिक भाउ हुँदैन
के फरक पर्छ पप्पीलाई वस्त्र अथवा निर्वस्त्रले ?
किर्तेको सतरन्जमा इमानको कुनै ठाउँ हुँदैन ।
१
कानुन भन्ने कुन चरो ? अगुवा नै मिच्ने गर्छन्
रक्षकहरू नदेखेझैँ पैतालाले थिच्ने गर्छन्
मनमौजी व्याख्या हुन्छन्, अविवेकी हगुवाहरूको,
दिनरात भिन्दाभिन्दै कित्ता ल्याप्चे किच्ने गर्छन् ।
२
बढे राजनको कुशासन फेर्न नयाँ क्रान्ति गरियो
यिनै मतियारहरूको बिचमा झन् चेपुवा परियो
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको जलप लगाउँदै,
अमृत भन्दै लहैलहैमा काफी मन्दविष छरियो ।
३
सबैभन्दा बोझिलो भारी अरूसँगको आशा हुन्छ
इच्छा, आकाङ्क्षा ढेर लाग्दा पीडा र निराशा हुन्छ
स्वाभिमान बचाउनुपर्दछ, शिर उचो राख्न सधैँ,
घाँटीअनुसार हड्डी निल्नु स्वावलम्बी भाषा हुन्छ ।
४
यता विश्वास टुटेपछि अन्तै भरोसा लाग्न सक्छ
पर्यावरण धूमिलतामा सारा दुविधा जाग्न सक्छ
हराउँछन् जब विवेक, इमानका खाताहरू,
आस्थाको एकाङ्कीले निमेकको बदला माग्न सक्छ ।
५
०००
आलापोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































