साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

खाली भाँडो माग नभै दान गरेको हुन सक्छ भरी भाँडो दानको हैन माग्दै भरेको हुन सक्छ मिल्दैन तथ्य र कारण हजुर ! एकमना सोचले, झुसी भाँडो झन् चोरी, लुटमै दरेको हुन सक्छ ।

Nepal Telecom ad

कुमार खड्का : 

यता विश्वास टुटेपछि अन्तै भरोसा लाग्न सक्छ
पर्यावरण धूमिलतामा सारा दुविधा जाग्न सक्छ
हराउँछन् जब विवेक, इमानका खाताहरू,
आस्थाको एकाङ्कीले निमेकको बदला माग्न सक्छ ।
१

मनको निश्चलतामा सुखको मार्ग मिल्न सक्छ
उन्मुक्त शिलापत्रमा बेजोड खुसी खिल्न सक्छ
अन्तर्निहित आत्माले स्वयम् चिराग बाल्न सके,
दुराचारको साम्राज्य क्षणभरमा नै हिल्न सक्छ ।
२

अग्रजका जीवन दर्शन, कर्म हाम्रो आधार हुन्छ
धर्म, संस्कार, संस्कृतिको सबलतामै सार हुन्छ
सत्कर्म र दुष्कर्मबिचको युद्ध नै हो मानव चोला
हामीभित्रै सुसभ्यता छ, बुझ्न सके अपार हुन्छ ।
३

खाली भाँडो माग नभै दान गरेको हुन सक्छ
भरी भाँडो दानको हैन माग्दै भरेको हुन सक्छ
मिल्दैन तथ्य र कारण हजुर ! एकमना सोचले,
झुसी भाँडो झन् चोरी, लुटमै दरेको हुन सक्छ ।
४

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
1 month ago

फित्कौली अनलाइन एवं गुरु नरनाथ प्रति आभारी छु…🙏😀

Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x