साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबाका आमाका अनुभव सिकी

बगाए माटोमा श्रम र पसिना साधन गरी यहाँ सम्मन् आए कहरसरिका जीवन तरी तिनै हुन् आस्थाका अनुपम कला न्यून नगनौँ बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।

Nepal Telecom ad

इन्द्रनारायण सुवेदी :

छिचोल्दै अप्ठ्यारा समयसँग भिड्दै अघि बढे
अनेकौँ घुम्तीमा कठिन दिन खेप्दै कति लडे
गरौँ श्रद्धा आस्था मन हृदयले बोझ नबनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।१।

थियौँ बच्चा कच्चा जुन बखतमा बालक थियौँ
उनैले हुर्काए कति किसिमका झन्झट दियौँ
सिकौँ सिक्ने धेरै विषय म छु सर्वज्ञ नभनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।२।

चलेको यो यात्रा युगयुग छ पुस्ता कति गए
कहाँ हुन्थ्यौँ हामी युगजनित सम्बन्ध नभए
छिचोल्दै आएका कठिन दिन सम्झौँ सब गनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।३।

बगाए माटोमा श्रम र पसिना साधन गरी
यहाँ सम्मन् आए कहरसरिका जीवन तरी
तिनै हुन् आस्थाका अनुपम कला न्यून नगनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।४।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
असारे भाका गाउँछन् पाका खेतमा झरेर

असारे भाका गाउँछन् पाका...

इन्द्रनारायण सुवेदी
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x