इन्द्रनारायण सुवेदीविवश छन् सहयोग छिटो गरौँ
न त रह्यो घरबार सुरक्षित अधिक जीवन छन् असुरक्षित अब जुरुक्क उठी प्रण त्यो गरौँ विवश छन् सहयोग छिटो गरौँ ।
इन्द्रनारायण सुवेदी :
प्रलय झट्ट खस्यो न त पर्खियो
न त विनाश हुनेतिर तर्कियो
हृदयभित्र दया करुणा भरौँ
विवश छन् सहयोग छिटो गरौँ ।
अति भयो विधिको छ विडम्बना
प्रकृति सिर्जित यो नमिठोपना
कहर काट्न सकिन्छ दया गरौँ
विवश छन् सहयोग छिटो गरौ ।
न त रह्यो घरबार सुरक्षित
अधिक जीवन छन् असुरक्षित
अब जुरुक्क उठी प्रण त्यो गरौँ
विवश छन् सहयोग छिटो गरौँ ।
दल विशेष कुरा सब छाडियून्
हृदयदेखि दया अब बाँडियून्
कहरबेष्ठित हो भव यो तरौँ
विवश छन् सहयोग छिटो गरौँ ।
०००
Subscribe
Login
0 Comments
Oldest






































